― Advertisement ―

Cthulhu: The Cosmic Abyss एउटा उत्कृष्ट, वायुमण्डलीय लभक्राफ्टियन खेल हो – तर एउटा निराशाजनक विशेषताले मलाई राम्रोको लागि रिस उठाउन सक्छ।

म लभक्राफ्टका सबै चीजहरूको ठूलो प्रशंसक हुँ, त्यसैले म Cthulhu: The Cosmic Abyss पत्ता लगाउन निकै उत्साहित थिएँ। मेरो सबै समयको मनपर्ने डरावनी खेलहरू...
HomeLatest newsप्रारम्भिक कारोबारमा घट्यो नेप्से – KhabarHost

प्रारम्भिक कारोबारमा घट्यो नेप्से – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • तिहारपछि खुलेको सेयर बजारको नेप्से परिसूचक पहिलो एक घण्टामा २५.५२ अंक घटेर २४७८ मा कायम भएको छ।
  • पहिलो एक घण्टामा २६ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको र ९ को स्थिर रहेको छ।
  • सबै सेक्टरका सूचक घटेका छन्, होटल तथा पर्यटन २ प्रतिशतभन्दा धेरै र विकास बैंक, फाइनान्स, हाइड्रोपावर समूह १ प्रतिशतभन्दा धेरै घटेका छन्।

९ कात्तिक, काठमाडौं । तिहारपछि खुलेको सेयर बजार प्रारम्भिक कारोबारका क्रममा घटेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक २५.५२ अंक घटेको छ ।

सो गिरावटसँगै नेप्से २४७८ मा कायम भएको छ । पहिलो एक घण्टासम्म २६ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ भने ९ को स्थिर छ । यतिबेलासम्म जम्मा ६० करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन २ प्रतिशतभन्दा धेरै घटेको छ । विकास बैंक, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा, लगानी तथा माइक्रोफाइनान्स समूह १ प्रतिशतभन्दा धेरै घटेका छन् ।

उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै २.२ प्रतिशत बढेको छ । त्यस्तै तारागाउँ रिजेन्सी (हायात होटल)को मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत घटेको छ । भगवती हाइड्रोपावरको ८, हिमालयन पावर पार्टनरको ८ तथा एसियन हाइड्रोपावरको ६ प्रतिशत मूल्य घटेको छ ।

पहिलो एक घण्टासम्म धेरै कारोबार भएका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर र हिमालयन पावर पार्टनर छन्।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More