― Advertisement ―

‘ह्याक गरिएको’: ह्याकरले Seiko USA वेबसाइटलाई बिगार्छ र ‘पूरा ग्राहक डाटाबेस’ को चोरीको दाबी गर्छ – यहाँ हामीलाई थाहा छ

सेइको यूएसएड वेबसाइट आक्रमणकारीहरूले Shopify ब्याकएन्ड उल्लङ्घन दाबी गर्छन्धम्की अभिनेताहरूले पूर्ण ग्राहक डाटाबेसको चोरीको आरोप लगाउँछन्, 72 घण्टा भित्र फिरौती माग्छन्अहिलेसम्म कुनै डार्क वेब...
HomeLatest newsशाहरुख खान स्टारर ‘किङ्ग’ क्रिसमसमा आउने, हेर्नुस नयाँ टिजर

शाहरुख खान स्टारर ‘किङ्ग’ क्रिसमसमा आउने, हेर्नुस नयाँ टिजर


राष्ट्रिय

समाचार.

  • शाहरुख खान अभिनित फिल्म ‘किङ्ग’ २४ डिसेम्बर २०७९ मा विश्वब्यापी प्रदर्शनमा आउनेछ।
  • फिल्मको नयाँ टिजरमा शाहरुख घाइते अवस्थामा भवनको सिसा फुटाउँदै भित्र हाम फालेको देखिन्छ।
  • ‘किङ्ग’ डिसेम्बर १८ मा रिलिज हुने हलिउड फिल्म ‘एभेन्जर्स : डूम्सडे’ सँग प्रतिस्पर्धा गर्नेछ।

मुम्बई । शाहरुख खान अभिनित प्रतिक्षित फिल्म ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले शनिबार नयाँ टिजरसहित प्रदर्शन मिति घोषणा गरेका हुन् ।

यो फिल्म २४ डिसेम्बर (पुस ९ गते) क्रिसमसको अवसरमा विश्वब्यापी प्रदर्शनमा आउनेछ ।

नयाँ टिजरको सुरुवातमा शाहरुख हिउँले भरिएको पहाडको चुचुरोमा उभिएर चिच्याइरहेको देखिन्छ । उनी घाइते अवस्थामा छन् र एउटा भवनको सिसा फुटाउँदै भित्र हाम फालेको देखाइएको छ ।

उनको शरीर र अनुहार रगतले लतपतिएको छ भने आँखामा निकै रिस देखिन्छ । टिजरको एउटा दृश्यमा शाहरुख कसैलाई मुक्काले हिर्काइरहेका छन् । भिडियोको अन्त्यमा उनको एउटा संवाद सुनिन्छ- “डर होइन, म त दहसत हुँ ।’

‘एभेन्जर्स’ सँग प्रतिस्पर्धा

शाहरुखको यो फिल्म रिलिज हुनुभन्दा ६ दिन अघि (डिसेम्बर १८ मा) हलिउड फिल्म ‘एभेन्जर्स : डूम्सडे’ रिलिज हुँदैछ । यसको अर्थ शाहरुखले यसपटक सिधै एभेन्जर्ससँग टक्कर लिनेछन् ।

यस वर्ष ‘बोर्डर २’ जस्ता ठूला फिल्म आइसकेका छन् र अबका दिनमा पनि धेरै एक्सन र मसलेदार फिल्म हलमा लाग्नेवाला छन् । पौराणिक कथामा आधारित फिल्मले पनि यस वर्ष बक्सअफिसमा आफ्नो उपस्थिति जनाउनेछन् ।

‘किङ्ग’ मा शाहरुखसहित उनकी छोरी सुहाना खान, सुनील ग्रोवर, दीपिका पादुकोण, अभिषेक बच्चन, जयदीप अहलावत, राघव जुयाल देखिनेछन् । यस बाहेक रानी मुखर्जी, अनिल कपूर र ज्याकी श्राफ जस्ता कलाकार पनि फिल्ममा हुन सक्ने चर्चा छ, तर उनीहरूको नामको औपचारिक पुष्टि हुन बाँकी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More