राष्ट्रिय
समाचार.
- अभिनेत्री जसिता गुरुङले निर्देशक कृषा चौलागाईंको आगामी फिल्म ‘पारस’ साइन गरेकी छन्।
- निर्देशक कृषाले जसितासँगको अनुबन्ध सामाजिक सञ्जालबाट शनिबार जानकारी गराएकी छन्।
- ‘पारस’ प्रेमकथामा आधारित फिल्म हो र पटकथा भारतीय लेखक सचिन लादियाले लेखेका छन्।
काठमाडौं । अभिनेत्री जसिता गुरुङले निर्देशक कृषा चौलागाईंको आगामी निर्देशकीय प्रोजेक्ट ‘पारस’ साइन गरेकी छन् । कृषाले शनिबार जसितालाई अनुबन्धित गरिएको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् ।
कृषा लेख्छिन्, ‘मायालु जसितासँग मेरो अर्को फिल्मको घोषणा गर्न पाउँदा खुसी र उत्साहित छु । उनीसँग कसलाई जोडी बाँध्नुपर्ला, मलाई भन्नुहोला । सुझावलाई स्वागत छ । पारस ।’
सुपरहिट फिल्म ‘जेरी अन टप’ पछि जसिताले यो फिल्म साइन गरेकी हुन् । कृषाले जसिता र टिमसँगको फोटो सेयर गर्दै कास्टिङबारे जानकारी गराएकी हुन् ।
यसअघि यो फिल्मको शीर्ष भूमिकामा निखिल उप्रेती पनि देखिने चर्चा थियो । यद्यपि, यसबारे औपचारिक घोषणा हुन बाँकी छ ।
प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।
कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

