― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsभब्य कन्सर्टमाझ सार्वजनिक गरियो ‘कुमारी’ को मर्मस्पर्शी ट्रेलर

भब्य कन्सर्टमाझ सार्वजनिक गरियो ‘कुमारी’ को मर्मस्पर्शी ट्रेलर


राष्ट्रिय

समाचार.

  • फिल्म ‘कुमारी’ को ट्रेलर युट्युबमा रिलिज भएको छ र २३ माघदेखि प्रदर्शनमा आउने तयारीमा छ।
  • निर्देशक दिनेश राउतले प्रेमकथामा आफ्नो कमब्याक गर्दै दुई मुख्य पात्रबीचको सामाजिक अवरोध चित्रण गरेका छन्।
  • ट्रेलरमा अभिषेक खड्का, आकृति राजभण्डारी लगायतका कलाकारको न्यायपूर्ण अभिनय देख्न सकिन्छ।

काठमाडौं । तपाईंलाई जेन-वाई र जेन-जी पुस्ताको प्रेमकथामा रुचि छ भने फिल्म ‘कुमारी’ पक्कै वाचलिस्टमा हुनसक्छ । नपत्याए यसको ट्रेलर हेर्नुस, जसमा किन यो फिल्म हेर्नुपर्छ भन्ने केही कुराहरू छन् ।

३ मिनेट २३ सेकेन्ड रनटाइमको ट्रेलर युट्युबमा रिलिज भएको छ । शनिबार बेलुका भृकुटीमण्डमा आयोजित फिल्मको भब्य कन्सर्टमा ट्रेलर पनि सार्वजनिक गरियो ।

ट्रेलरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । दुई मुख्य पात्रबीचको उतारचढावपूर्ण प्रेम, पारिवारिक र सामाजिक अवरोधको कथालाई निर्देशन दिनेश राउतले मर्मस्पर्शी ढंगले चित्रण गरेका छन् ।

डेब्यू कलाकार अभिषेक खड्का हुन् या आकृति राजभण्डारी, दुबैले आफ्नो भूमिकामा न्यायपूर्ण अभिनय गरेका छन् । ट्रेलरमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मानशा शर्माले अभिनय गरेका छन् ।

केहरसिंह लिम्बुले कम्पोज गरेका फिल्मका गीतहरू अहिले हिट छन् । गीतले कथावस्तुलाई न्याय गरेको देखिन्छ । रिल्स होस् या टिकटक, फिल्मका गीतमाथि हजारौं भिडियो बनेको छ ।

निर्देशक दिनेश राउत ‘कुमारी’ मार्फत आफ्नो मूल जनरामा फर्किएका छन् । प्रेमकथामा राउतको निर्देशकीय कमब्याक पनि यो फिल्म हेर्नुपर्ने एउटा सर्त हुनसक्छ, त्यसको संकेत ट्रेलरले गरिसकेको छ ।

‘कुमारी’ २३ माघदेखि प्रदर्शन तयारीमा छ ।





Read More