― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsउम्मेदवारले नै अर्कै जिल्लाको नाम राखेर फेसबुकमा भोट मागेपछि…

उम्मेदवारले नै अर्कै जिल्लाको नाम राखेर फेसबुकमा भोट मागेपछि…



१० माघ, काठमाडौं । देशभर चुनावी सरगर्मी बढेको छ । उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरू जनताका घर घरमा भोट माग्दै पुग्न थालेका छन् ।

जेनजी आन्दोलनपछि बदलिएको समीकरणकाबीच नयाँ दलहरू पनि चुनावी मैदानमा छन् ।

उम्मेदवारहरू सामाजिक सञ्जालदेखि जनताका दैलोसम्म भोट माग्द व्यस्त देखिन्छन् ।

विशेषगरी सामाजिक सञ्जालमा आफ्ना प्रोफाइलबाटै उम्मेदवारहरू दिन प्रतिदिन विभिन्न कन्टेन्ट बनाउँदै मतदातासमक्ष मतदानका लागि हारगुहार गरिरहेका छन् ।

यसैबीच शनिबार साँझ सञ्जालमा सिन्धुपाल्चोक–२ का एमाले उम्मेदवार शेरबहादुर तामाङले एउटा पोस्ट गरे । उनको पोस्टबारे यतिबेला सञ्जालमा चर्चा सुरु भएको छ । तामाङ अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए । तर, पराजित भए ।

उनले सञ्जालमा उनले आफूलाई एकजना वृद्ध आमाले टिका लगाउँदै गरेको तस्वीर राखेर स्टाटस लेखेका थिए । स्टाटसको सुरुमै उनले ‘संविधान बनाउने अनुभवी हात…’ लेखेर सुरु गरेका छन् ।

फरक फरक समयमा सम्पादन गरिएको तामाङको स्टाटस

तर, आफ्नै जिल्लाको नाम भने फरक लेखिदिए । साँझ ७ बजेर १२ मिनेटमा उनले लेखेको स्टाटसमा ‘सुखी र समृद्ध बारा बनाउने साझा सपना पूरा गरेरै छाड्नेछौं’ लेखिदिए । केही तल उनले ‘सूर्य’ चिन्हको गौरव र बाराका जनताको भविष्यको जित हो’ पनि लेखेका छन् ।

केहीबेरमै सञ्जालमा उनको स्टाटसबारे चर्चा सुरु भयो ।

७ बजेर ३९ मिनेटमा तामाङले स्टाटस एडिट गरे । तर, फेरि उनको दोस्रो मिस्टेक भइहाल्यो । स्टाटसमा लेखेको एउटा ‘बारा’ शब्द त हट्यो, अर्को भने बाँकी नै रह्यो ।

त्यसको पाँच मिनेटपछि फेरि स्टाटस एडिट भयो । ८ बजेर ४४ मिनेटमा एडिट भएको स्टाटसमा मात्रै उनले दुवै बारा शब्द हटाएर सिन्धुपाल्चोक बनाएका छन् ।

चुनावी रापताप चर्को भइरहेको बेला विपक्षीहरूले उनले लेखेको यो स्टाटसबारे अहिले सञ्जालमा बहस गरिरहेका छन् ।

यो क्षेत्रमा नेकपाबाट युवराज दुलाल, कांग्रेसबाट वंशलाल तामाङ र रास्वपाबाट अजय श्रेष्ठ प्रतिस्पर्धामा छन् ।





Read More