― Advertisement ―

उत्तर कोरियाको लाजरसले धोखाधडी लेनदेन प्रयोग गरेर कोषहरू लुटेपछि केल्प DAO हिस्टमा $ 290M क्रिप्टोको साथ बन्द गर्यो।

LazaryZer Group मा Laazarus explore Kelp DAOआक्रमणकारीहरूले क्रस-चेन लेनदेनहरू प्रमाणित गर्ने सर्भरहरू सम्झौता गरे, नक्कली स्थानान्तरणहरू अनुमोदन गर्न गलत डाटा फिडिङलेयरजीरो र केल्प DAO...
HomeLatest newsराष्ट्रिय लिगमा आर्मीको सानदार जित – KhabarHost

राष्ट्रिय लिगमा आर्मीको सानदार जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसीमाथि ५-१ को जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ ।
  • आर्मीले दिनेश हेन्जन र नवयुग श्रेष्ठको गोलमा पहिलो हाफमा खेलमा फर्किएको थियो ।
  • आर्मीले तीन खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

१० माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलमा शनिबार चित्लाङ एफसीमाथि ५-१ को सानदार जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा चित्लाङले पहिले अग्रता लिएपनि आर्मीले पुनरागमन गर्दै ५ गोल गरेको हो ।

माथ्यु बाबातुन्डेले २६औं मिनेटमा गोल गर्दै चित्लाङलाई पहिले अग्रता दिलाएका थिए । त्यो अग्रता लामो समय टिकेन र पहिलो हाफमै आर्मी खेलमा फर्कियो । दिनेश हेन्जनले ४०औं मिनेटमा आर्मीका लागि बराबरी गोल पर्काए । यस्तै नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै आर्मीलाई पहिलो पटक अग्रता दिलाए ।

दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो । दिनेशले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने नविन लामाले ६३औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

चित्लाङका नरेन्द्र चौधरीले ८५औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

चित्लाङले आठौं मिनेटमै पेनाल्टी मिस गर्दा अग्रता लिने अवसर गुमाएको थियो । आरोन थापाको पेनाल्टी प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।

राष्ट्रिय लिगमा आर्मीले तीन खेल खेल्दा दुई जित र एक बराबरीबाट ७ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लेको छ ।

शतप्रतिशत जित निकालेका लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसी समान ९ अंक जोडेर शीर्ष दुई स्थानमा छन् ।

आर्मीले पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको थियो भने प्लानिङ ब्वाइज युनाइटेडसँग बराबरीमा रोकिएको थियो ।

चित्लाङको भने यो पहिलो हार हो । पहिलो खेलमा नव जन जागृति युवा क्लबलाई पराजित गरेको चित्लाङले दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग बराबरी खेलेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More