― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
HomeLatest newsबाल सुधार गृहमा किन हुन्छ पटक-पटक झडप ? – KhabarHost

बाल सुधार गृहमा किन हुन्छ पटक-पटक झडप ? – KhabarHost



१० माघ, काठमाडौं । बाल सुधार गृह सानोठिमी भक्तपुरमा बिहीबार राति करिब १० बजेतिर झडप भयो । झडपको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरीको टोली खटियो ।

प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी बलको टोली पनि खटियो । झडपका कारण केही व्यक्ति घाइते भएको सूचना पाएपछि प्रहरी भित्र प्रवेश गर्न खोज्यो ।

तर, सुधार गृहमा रहेका बालबन्दीहरूले उल्टै प्रहरीमाथि आक्रमण गरे । सो क्रममा २० जना प्रहरी सामान्य घाइते भए । आक्रमण भएपछि थप बल प्रयोग गरेरै प्रहरी भित्र प्रवेश गर्ने प्रयासमा थियो । बालबन्दीहरूले सुधार गृहमै आगो झोसे ।

प्रहरीले १३ जना घाइतेको उद्धार गर्‍यो । जसमध्ये ११ जना डिस्चार्ज भइसकेका छन् । दुई जना भने अहिले पनि अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुले बताए ।

आगजनीबाट सुधार गृहमा ठूलो क्षति भएपछि त्यहाँ रहेका सबै १७० जनालाई स्थानान्तरण गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको छ ।

प्रहरीले झडपको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । अहिलेसम्मको अनुसन्धानबाट झडपको मुख्य कारण उमेर पुगेका बन्दीहरू रहेको देखिएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘बाल सुधार गृह भने पनि त्यहाँ युवा बन्दीहरू पनि थिए । उनीहरूले बालबन्दीलाई हेप्ने, थर्काउने, पिट्नेसमेत गर्दा रहेछन् । भित्रभित्रै गुम्सिएको यो हेपाइ बिहीबार राति विस्फोट भयो ।’

ती अधिकृतले भने जस्तै यो सुधार गृहमा रहेका १७० जनामध्ये ८६ जना त १८ वर्षभन्दा माथिका युवा अवस्थाका बन्दीहरू रहेको पाइएको छ ।

****

३ भदौ २०८० मा पनि यही बाल सुधार गृहमा झडप भएको थियो । रामेछापको मन्थली नगरपालिका–३ कठजोरका २१ वर्षीय कमल बस्नेतको सुधार गृह भित्रै रहस्यमय मृत्यु भएको थियो ।

बस्नेतलाई २९ जेठ २०७७ मा जबरजस्ती करणीको कसुरमा रामेछापबाट भक्तपुरको सुधार गृह पठाइएको थियो । मृत्युपछि आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गर्दै प्रर्दशन गरे । यो विषयमा सुधार गृह भित्र तनाव भएपछि तोडफोड गर्दै ठूलो संख्यामा बालबन्दीहरू भागेका थिए ।

बस्नेतको मृत्युबारे छानबिन गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुधार गृह प्रशासनको लापरबाहीका कारण घटना भएको औंल्याएको थियो । छानबिन प्रतिवेदनमा भनिएको छ, ‘होस्टल वार्डेनसँग औषधि मागेको, वार्डेनले निको नामको औषधि दिएर पठाएको र ३ भदौमा बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए ।’

ज्वरो र पिलोका बिरामी बालकलाई समयमै उपचारका लागि अस्पताल नपुर्‍याउँदा मृत्यु भएको र त्यही विषयमा बालबन्दीहरूले सुधार गृह तोडफोड गरी बाहिर निस्केको निष्कर्ष थियो ।

भक्तपुरको बाल सुधार गृहमा दुई वर्षको बीचमा भएका दुई ठूला झडपका उदाहरण हुन् यी । यस बाहेक पनि सानातिना झडप र विवाद हरेक महिनाजसो भइरहने बाल सुधार गृहबारे जानकारहरू बताउँछन् । यी घटनामा सुधार गृह प्रशासनको कमजोरी र युवावस्थाका कैदीबन्दीहरू कारण देखिन्छ ।

****

भक्तपुरको बालसुधार गृहमा मात्रै होइन देशभरकै बालसुधार गृहहरूमा पटक–पटक झडप हुँदै आएको छ । गत १ चैतमा मात्रै बाँकेको जयन्दु बालसुधार गृहमा पनि ठूलो झडप भएको थियो । मध्यराति झडप हुँदा त्यतिबेला ४२ जना घाइते भएका थिए ।

सो क्रममा ३ प्रहरी पनि घाइते भएका थिए । झडप भएपछि सुधार गृहमा रहेका २५० बालबन्दीहरू त्यतिबेला बाहिर आएका थिए । मुलगेट तोडफोड गर्दै उनीहरूले दुई किलोमिटरसम्म प्रहरीलाई समेत लखेटेका थिए । सशस्त्र प्रहरीको समेतको सहयोगमा स्थिति नियन्त्रणमा लिएर बालबन्दीहरूलाई सम्झाइ बुझाइ भित्र राखिएको थियो ।

यही सुधार गृहमा ४ असोज २०८० मा झडप हुँदा रूपन्देहीको कञ्चन गाउँपालिका–४ का २१ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो । छानबिन गर्दा लागुऔषध प्रयोगकर्ता र अन्य बन्दीबीचको विवादले मुख्य जड रहेको खुलेको थियो ।

यस्तै शैलीमा २६ भदौ २०८० मा वीरगञ्जको बाल सुधार गृहमा पनि झडप भयो । भक्तपुर बाल सुधार गृहबाट स्थानान्तर गरिएका बालबन्दी र वीरगञ्जका बालबन्दीबीच विवाद भएपछि झडपको अवस्था आएको थियो ।

२०८० फागुनमा पनि पोखराको बाल सुधार गृहमा खानपानको विषयमा झडप भएको थियो । नाइकेले यातना दिने गरेको भन्दै त्यतिबेला चक्कुसमेत प्रहार भएको थियो ।

****

देशभर ९ वटा बाल सुधार गृह छन् । पछिल्लो समय यी सुधार गृहहरू भने अशान्त बन्दै गइरहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा बाल विकास शाखाका अनुसार बाल सुधार गृहमा १ हजार ४२३ बालबन्दीहरू थिए । जसमध्ये ९७४ आन्दोलनको समयमा कारागारबाट फरार भए । नियन्त्रणमा लिने क्रममा सुधार गृहमा रहेका ६ जनाको मृत्युसमेत भएको थियो । उनीहरूमध्ये ७४२ जना अहिलेसम्म फिर्ता आइसकेका छन् । अझै करिब २३२  बालबन्दीहरू फरार नै छन् ।

बाल सुधार गृहमा हुने यस्ता घटनाले सुरक्षामा गम्भीर प्रश्न उठाउँदै आएको छ । सुरक्षाकर्मीहरू भने आफूहरूको उपस्थिति नहुने भएकाले झडपका घटना दोहोरिइरहने बताउँछन् । प्रहरीका अनुसार बाल सुधार गृहमा बर्दी लगाएका हतियारसहितका प्रहरी बस्न मिल्दैन । प्रहरी बसे पनि अन्य कर्मचारी जस्तै सादा पोशाकमा बिना हातहतियार बस्नुपर्ने बाध्यता रहन्छ ।

‘एक त हातहतियार र बर्दी बिनाका प्रहरी मात्रै बस्न पाउने, अर्कोतर्फ बाल सुधार गृह भनिए पनि युवावस्थाका बन्दी हुँदा झडप हुने गरेको छ । प्रहरी राख्ने हो भने कम्तीमा पनि हाहतियार र बर्दीसहित हुनुपर्‍यो भन्ने हाम्रो माग भए पनि त्यो पूरा भएको छैन,’ एक प्रहरी अधिकारी भन्छन् ।

ती अधिकारीले भने जस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा बाल विकास शाखाका उपसचिव दुर्गाप्रसाद चालिसे ती कुराहरू स्वीकार्छन् । ‘बालबालिका राख्ने भन्ने उद्देश्यले प्रहरी राख्दा बर्दी र हातहतियार बिनाका मात्रै बस्न मिल्ने भनिएको छ । तर बाल सुधार गृहमा अहिले बालबालिकाभन्दा बढी युवाहरू भएकाले समस्या हुँदै आएको छ,’ चालिसेले अनलाइनखबरसँग भने ।

उपसचिव दुर्गाप्रसाद चालिसे

उनका अनुसार अर्कोतर्फ क्षमताभन्दा बढी बालबन्दी हुँदा पनि बस्ने, शौचालय जाने, खेल्ने, खाने लगायतका विषयमा विवाद हुने र झडप हुने गरेको चालिसे बताउँछन् । उनले भने जस्तै देभरका ९ वटा बाल सुधार गृहको क्षमता ८३५ जना बस्न मिल्नेछ । तर अहिले ती सुधार गृहमा १ हजार १६७ बालबन्दी छन् ।

अहिले झडप भएको भक्तपुरकै कुरा गर्दा उक्त सुधार गृहमा जम्मा ११० जना बस्न मिल्छ । तर अहिले त्यहाँ १७० जना बस्दै आएका छन् । बाल सुधार गृह भनिए पनि २८ वर्षका व्यक्ति पनि त्यहाँ बसेका छन् । यही सुधार गृहका ९७ जना अझै फरार छन् । जेनजी आन्दोलनमा फरार भएका उनीहरू नियन्त्रणमा आएको अवस्थामा क्षमताभन्दा झण्डै तीन तिहाइ बढी बाल बन्दी हुने अवस्था आउँछ ।

झडपको सबैभन्दा मुख्य कारण नै उमेर रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ । बालबालिका ऐन, २०७५ ले अपराधमा संलग्न बालबालिकालाई बाल सुधार गृहमा राख्ने व्यवस्था गरको छ ।

बालबालिका ऐनको दफा २६ मा रहेको सजायसम्बन्धी व्यवस्थामा कसुरजन्य कार्य गर्दा उमेर १० वर्षभन्दा माथि र १४ वर्षभन्दा कम भए बढीमा एक वर्षसम्म बाल सुधार गृहमा राख्ने भनिएको छ ।

उपदफा (३) मा १४ वर्ष वा त्यसभन्दा माथि र १६ वर्षभन्दा कम भए उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधार सजाय हुने भनिएको छ । १६ भन्दामाथि १८ वर्षसम्मलाई उमेर पुगेका व्यक्तिलाई हुने सजायको दुई तिहाइ सजाय हुने भनिएको छ ।

ऐनको दफा ४६ मा भनिएको छ, ‘कानुनको विवादमा परेका बालबालिकाको सुधार र पुनर्स्थापना नभएसम्म बालबालिका राख्ने प्रयोजनका लागि आवश्यकताअनुसार बाल सुधार गृहको स्थापना गर्नेछ ।’

ऐनले बालबालिकाले गरेको कसुर अपराध नभई गल्ती हो भन्ने मनसायमा अपराध गरेका बालबालिकालाई सुधार र पुनर्स्थापनाका लागि बाल सुधार गृह स्थापना गरिने व्यवस्था गरेको र सोहीबमोजिम अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्दै आएको छ ।

अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानी बेहोरामा आएको सुधार, आर्जन गरेको सिप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ उल्लेख छ ।

जसअनुसार अहिले १८ वर्ष उमेरभन्दा कम उमेरमा कसुर गरेर सजायका पाएका बालबालिका युवावस्था भइसकेपछि पनि बाल सुधार गृहमै हुँदा समस्या भएको चालिसेको बुझाइ छ । बालबालिका ऐनअनुसार नै उनीहरूलाई त्यहाँबाट अन्यत्र सार्न नसकिएको उनी बताउँछन् ।

यही कानुनी प्राधवानलाई संशोधन गरेर उमेर पूरा भएका बालबिज्याइँकर्तालाई बाल सुधार गृहबाट अन्यत्र सार्ने प्रयोजनका लागि कानुन संशोधन गर्न लागिएको थियो । त्यसका लागि प्रक्रिया अघि बढे पनि जेनजी आन्दोलनपछि संसद् विघटन हुँदा कानुन संशोधन रोकिएको थियो ।

अहिले भने उमेर पूरा भएका र १८ वर्षभन्दा कम उमेरकालाई छुट्टै राख्ने गरी नुवाकोटमा सार्ने प्रयोजनका लागि प्रक्रिया अघि बढाइएको छ । ‘१८ वर्ष उमेर पूरा भएकाले बाल सुधार गृहकै रूपमा अन्य कैदीबन्दीसँग नमिसाई छुट्टै नुवाकोट बाल सुधार गृहमा राख्ने गरी प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि अर्थबाट बजेट स्वीकृत भएपछि यसले पूर्णता पाउँछ,’ चालिसेले अनलाइनखबरसँग भने ।

गत ३ पुसको मन्त्रिपरिषद् बैठकले नुवाकोट कारागारका चार ब्लकमध्ये खाली रहेको एउटा ब्लकलाई बाल सुधार गृहका रूपमा परिणत गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम देशका विभिन्न सुधार गृहमा रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्ताको व्यवस्थापनमा समस्या देखिएपछि अहिले त्यहाँ सार्ने प्रक्रिया अघि बढाइएको हो ।

भक्तपुरको बाल सुधार गृहमा झडप भएपछि आज शुक्रबार मात्रै गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालयको नेतृत्वमा दीर्घकालीन समस्या समाधानका लागि भनेर छलफल भएको छ । मन्त्री अर्यालले यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्ने निर्देशन दिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More