― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsआज घोषणा हुँदैछ अस्कर मनोनयन, के ‘सिनर्स’ ले इतिहास रच्न सक्छ ?

आज घोषणा हुँदैछ अस्कर मनोनयन, के ‘सिनर्स’ ले इतिहास रच्न सक्छ ?


राष्ट्रिय

समाचार.

  • ९८ औं अस्कर अवार्डको मनोनयन नेपाली समयानुसार बिहीबार बेलुका घोषणा हुँदैछ।
  • पल थोमस एन्डरसन निर्देशित ‘वान ब्याटल अफ्टर एनदर’ मुख्य दावेदार मानिएको छ।
  • रायन कूगलरको ‘सिनर्स’ ले १५ वटा सम्म विधामा मनोनयन पाउन सक्छ।

लस एन्जलस । ९८ औं अस्कर अवार्डको मनोनयन नेपाली समयानुसार आज बिहीबार बेलुका घोषणा हुँदैछ । कलाकार लुइस पुलम्यान र ड्यानियल ब्रुक्सले सन् २०२६ को मनोनयन सार्वजनिक गर्दैछन् ।

यस संस्करणको मुख्य दाबेदारका रूपमा पल थोमस एन्डरसन निर्देशित ‘वान ब्याटल आफ्टर एनदर’ लाई हेरिएको छ । यसै महिना सम्पन्न ‘गोल्डेन ग्लोब्स’ अवार्डमा यसले फिल्म (ड्रामा) र निर्देशनसहितका ४ वटा विधा जितेको थियो ।

यस फिल्मका कलाकार टेयाना टेलर, लियोनार्दो डिकाप्रियो, सिन पेन र बेनिचियो डेल टोरो मनोनयनमा पर्ने सम्भावना छ । कलाकारसहित प्राविधिक टोलीले पनि विभिन्न विधामा अवार्ड जित्न सक्ने अनुमान छ ।

रायन कूगलरको फिल्म ‘सिनर्स’ पनि यस वर्षको अस्करमा चर्चामा हुनेछ । सन् १९३० को दशकको पृष्ठभूमिमा बनेको यो भ्याम्पायर ड्रामाले धेरै विधामा अवार्ड जित्न सक्ने अनुमान गरिएको छ ।

यसका मुख्य कलाकार माइकल बी. जोर्डन र वुन्मी मोसाकु उत्कृष्ट अभिनयको विधामा मनोनयनमा पर्न सक्ने सम्भावना छ । कूगलरको पटकथा र फिल्मका अन्य प्राविधिक विधामा पनि यसले कडा प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ ।

‘भेराइटी’ म्यागजिनका सम्पादक क्लेटन डेभिसका अनुसार, ‘सिनर्स’ ले १५ वटा सम्म विधामा मनोनयन पाउन सक्छ । यदि यसो भएमा, यसले अहिलेसम्मकै सबैभन्दा धेरै अस्कर मनोनयन पाउने फिल्मको नयाँ रेकर्ड राख्नेछ ।

अहिलेसम्म यो रेकर्ड ‘अल अबाइट इभ’, ‘टाइटानिक’, र ‘ला ला ल्याण्ड’ को नाममा छ जसले १४–१४ विधामा मनोनयन पाएका थिए । कोनन ओ’ब्रायनले सन् २०२६ को अस्कर अवार्ड संचालन गर्ने भएका छन् । समारोह मार्च १५ मा आयोजना हुनेछ ।





Read More