― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
HomeLatest newsकोशीमा झापा-५ र सुनसरी-१ सहित ४३९ मतदानस्थल अति संवेदनशील

कोशीमा झापा-५ र सुनसरी-१ सहित ४३९ मतदानस्थल अति संवेदनशील



७ माघ, सुनसरी । कोशी प्रदेशमा झापा निर्वाचन क्षेत्र नम्बर-५ सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई अति संवेदनशील क्षेत्रको रूपमा वर्गिकरण गर्दै सुरक्षा रणनीतिमा केही परिवर्तन गरेको छ ।

नेकपा एमालेले पनि केपी शर्मा ओललीलाई बहुमतको प्रधानमन्त्री फेरि बनाउने र राष्ट्रिय स्वतन्त्र पार्टी र (रास्वपा) ले पनि बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्री बनाउने गरी झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवारी मनोनयन दर्ता गरेपछि सुरक्षा निकायले ‘अति संवेदनशील’ चुनावी क्षेत्रको रूपमा वर्गीकरण गरेको हो ।

कोशीका एक उच्च सरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘सबै निर्वाचन क्षेत्र संवेदनशील नै भए पनि झापा क्षेत्र नम्बर ५ अति संवेदनशील क्षेत्रको रूपमा हामीले वर्गीकरण गरेका छौं । सोहीअनुसार सुरक्षा निकायले आफ्नो रणनीति बनाएको छ ।’

दुवै उम्मेदवारले एउटै क्षेत्रमा उम्मेदवारी दिएकाले चुनौती थपेको उनले बताए । झापा ५ मा सुरक्षा निकायले सुरक्षा संयन्त्र थप मजबुत बनाउँदै सादा पोशाकमा बढी भन्दा बढी प्रहरीहरू परिचालन गरेको छ ।

झापा ५ मा ‘हेभिवेट’ उम्मेदवारबीचको प्रतिस्पर्धामा समर्थकहरूबीच झडप हुन सक्ने र चुनानी वातावरण बिथोलिएर नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै सुरक्षा अधिकारीहरूले सुरक्षा व्यवस्था कडा बनाउन थालेको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले बताए ।

सुरक्षा निकायले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ लाई झापा ५ पछिको दोश्रो अति संवेदनशील क्षेत्रको रुपमा वर्गीकरण गरेको छ । श्रम संस्कति पार्टीका अध्यक्ष समेत रहेका धरानका मेयर हर्कराज राई साम्पाङले चुनावमा बहुमतले दाबी गर्दै आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा घोषणा गरेका छन् ।

जेनजी विद्रोह चलिरहेको बेला आफूमात्र नेपालको प्रधानमन्त्री हुन योग्य भएको भन्दै धरानबाट रातारात काठमाडौं पुगेर नेपाली सेनाको हेडक्वाटर छिरेका थिए ।

सुनसरी क्षेत्र नम्बर १ मा लिम्बू र राई समुदायको बाहुल्यता छ । त्यसपछि क्रमशः बाहन–क्षेत्री, नेवार, दलित, तामाङ रहेका छन् । प्रायः दलहरुले स्थानीय, प्रदेश र संघीय चुनावमा जातीय ‘क्लस्टर’ अनुसार उम्मेदवारहरु उठाउने गरेको छ ।

सुनसरी क्षेत्र नम्बर १ मा कि राई समुदायबाट कि लिम्बू समुदायबाट प्रमुख दलहरुले आफ्ना उम्मेदवारलाई उठाउने गरेका छन् । यसपटकको प्रतिनिधिसभाको चुनावमा मुख्य प्रतिस्पर्धी दलहरुमध्ये एमालेले युवा नेता टीका माङ्लेन लिम्बू, कांग्रेसले सुजेन्द्र तामाङ, रास्वपाले गोमा तामाङ (सरिन) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सूर्यबहादुर भट्टराई (मनोज) लाई  उम्मेदवार बनाएको छ ।

साम्पाङको फेसबुक पेजमा श्रम संस्कृति पार्टीका समर्थकहरुले अन्य दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू प्रति गरेको निर्मम ‘कमेन्ट’ र अन्य दलका समर्थकले दिएको प्रत्युत्तर पनि त्यस्तै निर्मम भएकोले चुनावी वातावरण विथोलिन सक्ने भन्दै कडा सुरक्षा संयन्त्र अपनाइएको छ ।

४ सय ३९ मतदान स्थल ‘अति संवेदनशील’

कोशी प्रदेशमा कुल ११ हजार ९ सय ७ मतदान स्थल कायम गरिएको छ । ती मध्ये ४ सय ३९ मतदान स्थललाई सुरक्षा निकायले झापा ५ र सुनसरी १ पछिका ‘अति संवेदनशील’ सूचीमा राखेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दता भएसँगै प्रदेशका १४ जिल्लाका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको हो । निर्वाचन आयोग, सुरक्षा निकायले ती अति संवेदनशीलस्थललाई विषेश सुरक्षा योजनामा पारेका छन् ।

सुरक्षा निकायकाअनुसार ८ सय २१ स्थल संवेदनशील र ६ सय ४७ स्थल सामान्य चुनावीस्थलको रूपमा वर्गिकरण गरिएको छ । मतदान केन्द्रतर्फ ४ हजार २ सय ७० मध्ये १ हजार १६ अति संवेदनशील, १ हजार ८ सय ६९ संवेदनशील र एक हजार ३ सय ८५ सामान्य केन्द्रको रूपमा वर्गीकरण गरिएको छ ।

कोशी प्रदेशमा कति मतदाता ?

कोशी प्रदेशमा यसपटकको प्रतिनिधिसभाको चुनावमा मतदान गर्नेको संख्या कुल ३५ लाख ७४ हजार ३ सय १० जना रहेका छन् ।

ती मध्ये पुरुष १८ लाख २८ हजार २ सय १३ जना र महिला १७ लाख ४६ हजार ७३ जना रहेका छन् । २४ जना अन्य मतदाता छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More