― Advertisement ―

सयौं नक्कली क्रोम VPN विस्तारहरू NordVPN, प्रोटोन, र थप प्रतिरूपण गर्दै तपाईंको ट्राफिक अपहरण गर्दै पक्राउ

Socket फेला पारेको टोली र अनुसन्धान टोली Chrome वेब स्टोरमा प्रोक्सी विस्तारहरू, 75,000 भन्दा बढी संयुक्त स्थापनाहरूसँगएड-अनहरूले प्रोटोन VPN र NordVPN जस्ता विश्वसनीय नामहरूको...
HomeLatest newsम्याग्दीमा श्रीमतीको हत्या गरेर फरार श्रीमान् पक्राउ

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार श्रीमान् पक्राउ



७ माघ, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यही माघ ३ गते राति शौचालय गएकी झिनडाडाकी २० वर्षीया पुनमाया बिकको हत्या गरेर फरार भएका पोखरा महानगरपालिका–२३ ठुलाखेत घर भई पोखराको सिर्जनाचोकमा डेरा गरेर बस्ने ३२ वर्षीय प्रेम भनिने रमेश कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रमेशलाई आज मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गोविन्द सुवेदीले जानकारी दिए ।

पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए ।

प्रहरीसँग रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायाको शरिरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । रमेशको साथबाट प्रहरीले घटनाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको दाग देखिने कम्ब्याट ज्याकेट, रेडमी मोवाइल, एनसेल र नेपाल टेलिकमको सिम बरामद गरेको छ । रासस

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More