― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
HomeLatest newsहोबार्ट हरिकेन्स बीबीएलको च्यालेन्जरमा, मेलबर्न स्टार्स बाहिरियो

होबार्ट हरिकेन्स बीबीएलको च्यालेन्जरमा, मेलबर्न स्टार्स बाहिरियो


राष्ट्रिय

समाचार.

  • डिफेन्डिङ च्याम्पियन होबार्ट हरिकेन्सले बिग ब्यास लिग क्रिकेटको च्यालेन्जरमा प्रवेश गरेको छ।
  • होबार्टले मेलबर्न स्टार्सलाई डीएल पद्दतिका आधारमा ३ रनले पराजित गरेको हो।
  • होबार्टले अब फाइनल प्रवेशका लागि सिड्नी सिक्सर्ससँग खेल्नेछ।

७ माघ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन होबार्ट हरिकेन्स बिग ब्यास लिग क्रिकेटको च्यालेन्जरमा प्रवेश गरेको छ। बुधबार भएको नकआउट खेलमा मेलबर्न स्टार्सलाई हराउँदै होबार्ट च्यालेन्जरमा प्रवेश गरेको हो ।

होबार्टले मेलबर्नलाई डीएल पद्दतिका आधारमा ३ रनले पराजित गर्‍यो । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा होबार्टले ५ विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो ।

त्यसपछि फेरि ७ ओभरमा झारिएको खेलमा मेलबर्नले जितका लागि ८५ रनको लक्ष्य पाएको थियो । ४ विकेटको क्षतिमा ८१ रन मात्र बनाउन सक्यो ।

जो क्लार्कले १७ बलमा ३१ रन बनाए । हिल्टन कार्टराइट ४ बलमा १५ रन बनाएर अविजित रहे । ग्लेन म्याक्सवेल अन्तिम ११ बल मात्र बाँकी हुँदा ब्याटिङमा आएका थिए । ४ बलमा ९ रन बनाएर अविजित रहे ।

होबार्टका लागि राइली मेरेडिथले २ तथा मिचेल ओवेनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होबार्टले १० ओभरमा ११४ रन बनाउँदा बीउ वेबस्टरले २६ बलमा ४७ रन बनाएका थिए । निखिल चौधरीले ११ बलमा २४ रन बनाएका थिए ।

मेलबर्नका लागि ह्‍यारिस रउफले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, टम करान र मार्कस स्टोइनिसले १-१ विकेट लिए ।

सुरुवाती ४ खेल लगातार जितेको मेलबर्नले त्यसपछि ३ खेल हारेको थियो । यद्यपी त्यसपछिका ३ मध्ये २ खेल जितेर प्लेअफमा भने पुगेको थियो ।

होबार्टले अब फाइनल प्रवेशका लागि सिड्नी सिक्सर्ससँग खेल्नेछ । पर्थ स्कोर्चस बीबीएलको फाइनलमा पुगिसकेको छ ।

हालसम्म उपाधि नजितेको एकमात्र टोली मेलबर्न स्टार्सले उपाधिका लागि कम्तीमा एक वर्ष अझै कुर्नुपर्ने भएको छ ।





Read More