― Advertisement ―

तेस्रो पक्षहरू मार्फत अनधिकृत प्रयोगकर्ताहरूद्वारा पहुँच गरिएको मिथकहरू

Unauthors' प्रयोगकर्ताहरूलाई Claudethros को पहुँच गर्न अधिकार छ Mythosप्रयोगकर्ताहरूले अनुमान कार्य र तेस्रो-पक्ष पहुँचको साथ पहुँच प्राप्त गरेमोडलले सफ्टवेयरको कमजोरीहरूलाई स्केलमा शोषण गर्न सक्षम...
HomeLatest newsपार्टी फेरिरहन्छन्, पद पाइरहन्छन् – KhabarHost

पार्टी फेरिरहन्छन्, पद पाइरहन्छन् – KhabarHost


राष्ट्रिय

समाचार.

  • विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह नेकपा (एमाले) प्रवेश गरेका छन्।
  • प्रदीप यादवले ०७४ र ०७९ मा पर्सा–१ बाट जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।
  • राजेशमान सिंहले २०७९ मा मेयरमा निर्वाचित हुँदा ४६ हजार २१५ मत पाएका थिए।

६ माघ, वीरगञ्ज । विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह नेकपा (एमाले) प्रवेश गरेका छन् । निर्वाचनको संघारमा एउटै दलमा प्रवेश गरेका उनीहरूको दल परिवर्तनको यात्रा लामो छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा जन्मिएका यादवको संसदीय राजनीति ०७० सालदेखि शुरू हुन्छ । कहिले दलको नाम त कहिले दलै फेरेका उनी पर्सा–१ बाट हयाट्रिक गर्ने दाउमा देखिन्छन् ।

त्यही क्षेत्रबाट यादव ०७४ मा संघीय समाजवादी फोरम (संसफो) र ०७९ मा जनता समाजवादी पार्टी (जसपा), नेपालबाट निर्वाचित भएका थिए ।

२०७८ मा खानेपानी मन्त्री बनेका उनले दोस्रोपटक मन्त्री बन्न कै लागि २०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर अशोक राईको जनता समाजवादी पार्टी (जसपा)मा गएर मन्त्री बनेका थिए ।

केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारमा पनि यादव मन्त्री थिए । उनी गत पुस २७ मा जसपा नेपालमै फर्किएका थिए ।

जसपा नेपालको केन्द्रीय समन्वय समिति सदस्य बनेको एक हप्तामै उनी एमालेमा प्रवेश गरेका हुन् । ०६४ मा उनी उपेन्द्र यादव नेतृत्वकै मधेसी जनअधिकार फोरम (मजफो) मा आबद्ध थिए ।

यादव ०६६ मा तत्कालीन मजफोको पर्सा जिल्ला उपाध्यक्ष थिए भने २०६७ मा अध्यक्ष भए ।

मधेशीवादी दलमा लाग्नु अघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा थिए । ०५३ सालमा राप्रपाले उनलाई पर्साको भिस्वाको गाविस सचिवमा नियुक्त पाए । त्यति बेला राप्रपाका राजीव पराजुली स्थानीय विकास राज्यमन्त्री थिए । त्यतिबेला देशभरी १३५ गाविस सचिवलाई राजनीतिक नियुक्ति दिइएको थियो ।

०५४ सालमा सद्भावना पार्टीबाट स्थानीय विकासमन्त्री बद्री मण्डल मन्त्री भएपछि यादवको माघ १० गते पद खारेजी भएको थियो ।

०७० सालमा पर्सा–१ बाट दोश्रो संविधान सभाको निर्वाचनमा लडेका यादव एमालेका विचारीप्रसाद यादवसँग पराजित भएका थिए ।

०७४ को प्रतिनिधी सभा सदस्यको निर्वाचनमा यादव पहिलो पटक निर्वाचित भए । उनले आफ्‌ना पुराना प्रतिद्वन्द्वी विचारी यादवलाई पराजित गरेका थिए ।

०७९ मा २२ हजार ५३७ मत ल्याएर निर्वाचित हुँदा यादवका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदी थिए ।

कांग्रेस, मधेशवादी दलहुँदै एमालेमा

वीरगञ्ज महानगरपालिका वडा नं. ३, छपकैया निवासी राजेशमान सिंहसँगै ७ जना वडाअध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् ।

सिंहले नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए । उनी २०५४ सालमा कांग्रेसबाट नगरसभा सदस्यमा निर्वाचित भए । त्यसपछि ०५९ सालमा साविकको वीरगञ्ज उपमहानगरपालिकाको ‘सभामुख’ मा चयन भएका थिए ।

त्यसपछि केही समय राप्रपामा सक्रिय सिंह मधेशवादी दलमा लागे । ०७० सालमा शरतसिंह भण्डारीको नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीबाट पर्सा–१ मा निर्वाचनमा लडेर पराजित भए । उनले ८ हजार ४ सय मत ल्याएका थिए ।

मधेश केन्द्रित दल एकीकृत हुँदा उनी पनि राष्ट्रिय जनता पार्टी (राजपा)मा पुगे । राजपाबाट नगरप्रमुखमा प्रतिस्पर्धा गर्दा १२ हजार मत ल्याएर तेस्रो भएका थिए । त्यतिबेला उनलाई संसफो नेपालका विजय सरावगीले हराएका थिए ।

सरावगी एमालेमा प्रवेश गरेपछि प्रदीप यादवले सिंहलाई आफ्‌नो पार्टीमा भित्र्याए थिए । सत्तारुढ गठबन्धनको साथ पाएका सिंह २०७९ मा मेयरमा निर्वाचित भए । सिंहले ४६ हजार २१५ मत पाउँदा सरावगीले २३ हजार ६७१ मत पाएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More