― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsसल्यानमा ६ दलका उम्मेदवार तय, को कस्ता ? – KhabarHost

सल्यानमा ६ दलका उम्मेदवार तय, को कस्ता ? – KhabarHost



६ माघ, सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सल्यानमा ६ राजनीतिक दलले उम्मेदवार टुंगो लगाएका छन् ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह र नेपाली कम्युनिस्ट पार्टीबाट रमेश मल्ल उम्मेदवार छन् ।

यसैगरी नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खड्का (असल), राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली उम्मेदवार छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विष्ट पार्टीको जिल्ला नेतृत्वमा रहेका प्रभावशाली व्यक्ति हुन् । उनी यसअघि जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् भने पछिल्लो स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

नेकपा एमालेका उम्मेदवार शाह पार्टीका कर्णाली प्रदेशस्तरीय रणनीतिक भूमिकामा सक्रिय नेता हुन् । उनी २०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश मल्ल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्लले यसअघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवको रुपमा काम गरेका थिए । उनी पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुन लागेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चन्द्रबहादुर खड्का (असल) माओवादी पूर्व लडाकु कमाण्डर हुन् । उनी हाल पार्टीको पोलिटब्यूरो तहका नेता हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित चन्द नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेता मानिन्छन् । कर्णाली प्रदेश महामन्त्री रहेका चन्द पेशाले इन्जिनियर हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अनिसा नेपाली भने यसअघि संसदमा समानुपातिक प्रतिनिधित्व गरिसकेकी अनुभवी सांसद हुन् ।





Read More