राष्ट्रिय
समाचार.
- अखिल नेपाल फुटबल संघको अध्यक्षमा पंकज विक्रम नेम्वाङ र दिर्घबहादुर केसीले उम्मेदवारी दिएका छन् ।
- पाटन उच्च अदालतले निर्वाचन प्रक्रिया रोक्न आदेश दिए पनि एन्फाले निर्वाचन अघि बढाएको छ ।
- एन्फाको निर्वाचनमा अध्यक्षसहित उपाध्यक्ष र सदस्य पदका लागि ५० भन्दा बढीले उम्मेदवारी दिएका छन् ।
३ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्ली इलेक्सन घोषणा भएदेखि नै विवादित बन्दै आएको आसन्न निर्वाचनका लागि पंकज विक्रम नेम्वाङ र दिर्घबहादुर केसी (कुमार) ले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
उच्च अदालत पाटनले एन्फाको निर्वाचनको प्रक्रिया तत्कालका लागि रोक्न अल्पकालिन अन्तरिम आदेश दिएपछि त्यसलाई अवज्ञा गर्दै एन्फाको निर्वाचन प्रक्रिया भने अघि बढिरहेको छ ।
पाटन उच्च अदालतले तत्कालका लागि निर्वाचनको कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएपनि एन्फा निर्वाचनको प्रक्रिया भने अघि बढिरहेको छ ।
उम्मेदवारी दिने अन्तिम दिन माघ ३ गते शनिबार दिर्घबहादुर केसी पक्षले मनोनयन गरेपछि एन्फामा अब दुई पक्षबीच प्रतिस्पर्धा हुने प्रष्ट भएको छ ।
पंकज नेम्वाङले हाल कार्यसमितिमा रहेकै आफ्नो टिमलाई नै समेटेका छन् भने केसी पनि प्यानल नै बनाएर अगाडि आएका छन् ।
नेम्वाङ र केसी दुवै एन्फाको कार्यसमिति सदस्य हुँदै एन्फा प्रवेश गरेका थिए । नेम्वाङ सदस्य, उपाध्यक्ष, मनोनित उपाध्यक्ष हुँदै पछिल्लो पटक अध्यक्षमा निर्वाचित भएका थिए । उता केसी रुपन्देही जिल्ला फुटबल संघको अध्यक्ष हुँदै एन्फा कार्यसमिति सदस्य हुँदै पछिल्लो पटक उपाध्यक्षमा निर्वाचित भएका थिए र हाल उनी एन्फाको नेतृत्वका लागि दावी गरिरहेका छन् ।
यसअघि नेम्वाङसँग प्रतिस्पर्धामा उत्रिएका कर्माछिरिङ शेर्पाको प्यानलबाट उपाध्यक्षमा विजयी भएका उनै केसी यस पटक नेम्वाङसँग नेतृत्वका लागि प्रतिस्पर्धामा होमिएका हुन् ।
पुस १६ गते बसेको एन्फा कार्यसमितिको बैठकले माघ २८ गते अग्रिम निर्वाचन गर्ने निर्णय गर्दै बहुमतले पारित गरेको थियो । त्यसबेला उपाध्यक्ष कुमार केसीसहित केही सदस्यले असमति राखेपनि बहुमतको निर्णय भन्दै माघ २८ गते झापामा साधारण सभा र निर्वाचन गर्ने निर्णय भएको थियो ।
विधान विपरित निर्वाचन तय भएको भन्दै एन्फाकै अर्का उपाध्यक्ष विराटजंग शाही र सदस्य रुपेश अधिकारीले निर्वाचन रोक्नुपर्ने भन्दै राखेपमा निवेदन बुझाएका थिए ।
त्यसपछि राखेपले विशान संशोधनसहित जिल्ला तहको निर्वाचन गरेर मात्र केन्द्रिय निर्वाचन गर्न भन्दै ११ बुँदासहित एन्फालाई निर्देशन दिएको थियो ।
तर एन्फाले राखेपको निर्देशनलाई लत्याउँदै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसपछि अमित खत्रीले राखेप र एन्फालाई नै विपक्षी बनाएर रिट दायर गरेका थिए । त्यसमा पाटन उच्च अदालतले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन पुस २८ गते अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिनुपर्ने हो वा होइन भन्ने छलफल गर्न माघ ६ गतेका लागि दुबै पक्षलाई बोलाएको थियो ।
अदालतको आदेश एन्फाको सचिवालयले बुझिसकेको अवस्थामा पनि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
एन्फाको निर्वाचन समित स्वतन्त्र रहेको र उसले आफ्नो काम अगाडि बढाउन सक्ने एन्फा तर्क छ ।
एन्फाको निर्वाचन समितिले पनि आफूहरु छुट्टै समिति रहेको र निर्वाचन रोक्नका लागि कुनै पनि निकायबाट केही जानकारी नआएकोले निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ ।
को-को छन् उम्मेदवार?
प्यानल नै भनेर घोषित रुपमा सार्वजनिक नगरेपनि उम्मेदवारी दर्ता प्रक्रिया हेर्दा दुई पक्षले प्यानल नै बनाएको देखिन्छ ।
एक अध्यक्ष पदका लागि नेम्वाङ र केसी दुई जनाले उम्मेदवारी अन्य पदकहरुका लागि पनि धेरै आकांक्षी देखिएको छ ।
हाल उपाध्यक्ष रहेका दिपक खतिवडाले वरिष्ट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै एनआरटी क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यसैगरी पहिलो पटक उपाध्यक्ष पदकमा महिला उम्मेदवारी परेको छ । हाल एन्फा कार्यसमिति सदस्य रहेकी पेमा डोल्मा लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।
चार उपाध्यक्ष पदका लागि पेमासहित १० जनाको उम्मेदवारी परेको छ । जसमा हाल कार्यसमिति सदस्य रहेका विकास नारायण श्रेष्ठ, मनिष जोशी र अनिल मल्ल ठकुरी पनि छन् ।
यस्तै मछिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठ, फ्रेण्ड्स क्लबमा अध्यक्ष विश्वास विक्रम शाह, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, सरस्वती युवा क्लबका अध्यक्ष उत्तम भण्डारी, विजय घले, गणेश बहादुर चन्दले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यसैगरी महिला सदस्य पदका लागि सरिला श्रेष्ठ मलेकु र विन्द्रा देवानले उम्मेदवारी दिएका छन् ।
यस बाहेक सदस्य पदका लागि लागि नेपाल कार्की, टिकाराम लामा, प्रमोद कुमार मानन्धर, प्रविण कुमार यादव, भगवान बहादुर दर्लामी, पुरुषोत्तम थापा, भरत बुढ थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, मणिराज विष्ट, प्रविण सुवाल, बाबुकाजी बस्नेत, सेत बहादुर पुन, कपिल राना मगर, देवेन्द्र मानसिंह बस्नेत, सत्यभक्त पालिखे, अजित राज भण्डारी, राजुमान डंगोल, राजकुमार परियार, सन्जिव बुढाथोकी, लोकेन्द्र गुरुङ, जय कृष्ण श्रेष्ठ, मणि कुमार लिम्बु, लिला माया थापा, कमला हिराचन थकाली, निरज बहादुर राउत क्षेत्री, सागर मैनाली, सन्जित धिताल, राजु वंयजु, धुब्र पोखरेल, कल्याण कुमार खड्का, केशव कुमार कार्की, विनोद गुरुङ, ठाकुर बहादुर सुस्लिङ, देव नारायण चित्रकार, रमेश व्यन्जनकारले उम्मेदवारी दिएका छन् ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

