― Advertisement ―

तपाईंको IT हेल्पडेस्कले LinkedIn डाटा प्रयोग गरेर तपाईंको मालिक भएको बहाना गर्ने मानिसहरूबाट अनौठो कलहरू प्राप्त गरिरहेको छ।

अहिले नै आक्रमणकारीलाई मद्दत गर्नका लागि फोन पठाउन मद्दत गर्नुहोस्। नेटवर्कहरूइमपोस्टरहरूले MFA सेटिङहरू रिसेट गर्न समर्थन टोलीहरूलाई हेरफेर गर्न कार्यकारीको रूपमा प्रस्तुत गर्छन्LinkedIn बाट...
HomeLatest newsबलियो थाइल्यान्डविरुद्ध पहिलो जितको खोजी – KhabarHost

बलियो थाइल्यान्डविरुद्ध पहिलो जितको खोजी – KhabarHost


हालसम्म थाइल्यान्डलाई हराउन नसकेको नेपाली टोली पहिलो खेलमै थाइल्यान्डलाई हराएर प्रतियोगितामा बलियो सुरुवात गर्ने सोचमा हुनेछ ।

राष्ट्रिय

समाचार.

  • आइतबारदेखि काठमाडौंमा महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट सुरु हुँदैछ जहाँ नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपालले समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ र पहिलो खेलमा थाइल्यान्डसँग विहान ९ बजे प्रतिस्पर्धा गर्नेछ।
  • नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको छ र महिला विश्वकप खेल्ने लक्ष्य राखेको छ।

३ माघ, काठमाडौं । आइतबारदेखि काठमाडौंमा महिला क्रिकेट विश्‍वकपको ग्लोबल छनोट सुरु हुँदैछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ ।

समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्‍वकपमा पुग्ने प्रावधान छ । नेपाललाई घरेलु मैदानमै खेलेर यो इतिहास रच्ने अवसर छ ।

पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न लागेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्‍वकप खेलेर इतिहास रच्ने नै हुनेछ । त्यसका लागि नेपालले आफूभन्दा माथिल्लो वरियतामा रहेका अनि टेस्ट राष्ट्रलाई समेत हराउनु पर्नेछ ।

नेपालले समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । जसअन्तर्गत पहिलो खेल नेपालले आइतबार थाइल्यान्डसँग खेल्दैछ । खेल विहान ९ बजेदेखि सुरु हुँदैछ ।

थाइल्यान्ड नेपाली महिला क्रिकेट टोलीका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो । हालसम्म थाइल्यान्डलाई हराउन नसकेको नेपाली टोली पहिलो खेलमै थाइल्यान्डलाई हराएर प्रतियोगितामा बलियो सुरुवात गर्ने सोचमा हुनेछ ।

थाइल्यान्डले महिला टी-२० विश्वकप खेलिसकेको छ । सन् २०२० मा अस्ट्रेलियामा भएको टी-२० विश्वकपमा खेलेको थाइल्यान्ड समूह चरणबाट अगाडि बढ्न भने सकेको थिएन ।

त्यस्तै थाइल्यान्डले सन् २०१२, २०१६, २०१८, २०२२ र २०२४ मा महिला एसिया कप पनि खेलेको छ । सन् २०२२ को एसिया कपमा थाइल्यान्डले पाकिस्तानलाई हराएको थियो भने सेमिफाइनलसम्मै पुगेको थियो ।

आईसीसी महिला टी-२०आई वरियतामा थाइल्यान्ड १२औं स्थानमा छ । थाइल्यान्डसँग नेपाली महिला टोलीले पछिल्लोपटक विश्वकप एसिया छनोटको सुपर थ्री मा खेलेको थियो जहाँ नेपाल पराजित भएको थियो ।

त्यही छनोट पार गरेर नेपाल र थाइल्यान्ड ग्लोबल छनोटमा आइपुगेका हुन् ।

हेड टु हेड

महिला टी-२०आईमा नेपालले हालसम्म ७ पटक थाइल्यान्डसँग खेलेको छ । ७ वटै खेलमा नेपाल पराजित भएको छ । त्यसकारण नेपाल थाइल्यान्डविरुद्ध पहिलो जितको खोजीमा पनि हुनेछ ।

नेपालले पछिल्लोपटक एसिया छनोटमा थाइल्यान्डसँग खेलेको थियो । त्यसबेला थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले जवाफमा ८० रन मात्र बनाएको थियो ।

त्यस्तै त्यसअघि नेपालले घरेलु मैदानमै भएको महिला टी-२०आई शृंखलामा थाइल्यान्डसँग खेलेको थियो । नेपाल ३ वटै खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा ४ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ५ रनले पराजित भएको थियो भने तेस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।

टिम कम्बिनेसन

अलराउन्डरको वर्चश्व रहेको नेपाली टोलीमा टिम कम्बिनेशन तयार गर्न केही कठिन हुने देखिएको छ । अभ्यास खेलमा सबै १५ खेलाडीलाई प्रयोग गर्न पाइने सुविधाका बीच नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्दा बलिङ र फिल्डिङमा केही कमजोरी देखिएका छन् ।

अभ्यास खेलहरूमा गरेको प्रदर्शनका आधारमा नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीको स्थान निश्चित छ । टप अर्डरमा सम्झना खड्का र बिन्दु रावलले पनि राम्रो गरेका छन् । यीबाहेक लोअर अर्डरका खेलाडी चयनमा नै प्रशिक्षक केन्द्रित रहने देखिन्छन् ।

बलिङमा अधिकांश खेलाडी खर्चिला नै देखिएका छन् । यस्तोमा नेपालका लागि कुन प्लेइङ ११ अनि कतिजना अलराउन्डर राख्दा ठीक हुन्छ भनेर चयन गर्न प्रशिक्षकलाई एक किसिमको चुनौती नै रहने अवस्था छ ।

यता थाइल्यान्डले भने अनुभवी खेलाडीलाई नै समावेश गरेर प्लेइङ ११ तयार गर्ने सम्भावना छ । अनुभवी खेलाडी नताया बूचाथामको सन्यासपछि पनि थाइल्यान्डसँग प्रशस्त मात्रामा म्याच विनरहरू छन् ।

प्रभाव पार्न सक्ने खेलाडी

नेपालका लागि ब्याटिङमा टप अर्डरका सम्झना खड्का र बिन्दु रावलले राम्रो प्रदर्शन गरेका छन् । उनीहरूबाट राम्रो सुरुवातको अपेक्षा रहनेछ । यस्तै इन्दु, पूजा, रुबिना र सीता रानामगरबाट अलराउन्ड प्रदर्शनको अपेक्षा रहनेछ । कविता कुँवरको बलिङमा पनि नजर रहनेछ ।

कप्तान इन्दु नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । त्यसपछि सीता राना मगर र रुबिना क्षेत्री छन् । बलिङमा सीता रानामगर र कविता कुँवरले धेरै विकेट लिएका छन् ।

थाइल्यान्डका लागि टप अर्डर ब्याटर नथाकन चन्थम र नानपत कोन्चारोन्काइको प्रदर्शन विपक्षीलाई घातक साबित बन्न सक्छ । कप्तान नारुमोल चाइवाइको ब्याटिङ अनि चनिदा सुथिराङको अलराउन्ड प्रदर्शन थाइल्यान्डको बलियो पक्ष हो ।

थाइल्यान्डका लागि नथाकन चन्थम सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् भने त्यसपछि कोन्चारोन्काइले सबैभन्दा धेरै रन बनाएकी छन् । बलिङमा पुथावोङ र काम्चोम्फू सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष ३ भित्र छन् ।

कप्तानले के भने ?

नेपाली टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा खेल्न उत्साहित रहेको बताएकी छन् । उनले अभ्यास खेलमा राम्रो खेल्ने अवसर प्राप्त भएको र प्रतियोगितामा पनि त्यही लय निरन्तरता दिने बताएकी छन् ।

थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले नेपाल आउनुअघि भारतमा पनि अभ्यास खेल खेलेर आएको र यहाँ आएर पनि खेल्न पाउँदा कन्डिशनमा राम्रोसँग झुम्ने अवसर पाएको उल्लेख गरिन् । प्रतियोगितामा राम्रो खेलेर अगाडि बढ्ने उनको विश्वास छ ।

सम्भावित ११

नेपाल : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सोमु विष्ट, सीता राना मगर, रोमा थापा

थाइल्यान्ड : नारुमोल चाइवाइ, अफिसरा सुवानचोनराथी, नथाकन चन्थम, नानपत कोन्चारोन्काइ, चनिदा सुथिराङ, फनिता माया, सुलीपर्न लाओमी, ओनिचा काम्चोम्फु, सुनिदा चतुरोङरताना, थिपाथ्चा पुथावोङ

खेल : नेपाल विरुद्ध थाइल्यान्ड
समय : विहान ९ बजे
स्थान : त्रिवि क्रिकेट मैदान
मौसम : सफा, शीतले भिजेको मैदान

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More