― Advertisement ―

वालमार्टको प्लस सदस्यतामा अविश्वसनीय 50% छुट सीमित समयको लागि फिर्ता आएको छ — यो अविश्वसनीय सम्झौताको फाइदा लिनुहोस् जब तपाईं सक्नुहुन्छ

Walmart बाट अर्को हप्ताको प्रतिद्वन्द्वी प्राइम डे बिक्रीको ठीक अगाडि, खुद्रा विक्रेताले यसको लोकप्रिय प्लस सदस्यतामा अविश्वसनीय 50% छुट प्रदान गर्दैछ। त्यो वार्षिक Walmart...
HomeLatest newsगोरखा–२ मा एमालेले चक्रे मिलनलाई दियो टिकट – KhabarHost

गोरखा–२ मा एमालेले चक्रे मिलनलाई दियो टिकट – KhabarHost



३ माघ, काठमाडौं । नेकपा एमालेले गोरखा–२ मा आपराधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ) लाई टिकट दिएको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार गोरखा–१, मा भने पूर्वविद्यार्थी नेता आरसी लामिछानेलाई टिकट दिइएको छ ।

गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन् । उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो ।

सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोप उनीमाथि लागेको थियो । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम ९सीआरएस०को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ ।

कुनै समय ९हाल दिवंगत० एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।





Read More