― Advertisement ―

गुगलले एआईलाई सबै कुराको तहमा परिणत गर्दैछ – र एपहरूले कहिल्यै पनि त्यस्तै महसुस गर्न सक्दैनन्

Google ले गुगलसँग अन्तर्क्रिया गर्ने योजनालाई मुख्य रूपमा घोषणा गर्छ/एआईओ। तिनीहरूका फोनहरूAndroid 17 र Gemini ले दैनिक कार्यहरू स्वचालित रूपमा ह्यान्डल गर्नेछन्एपहरू अझै पनि...
HomeLatest newsकांग्रेस सभापति थापाले भने– देउवाले अभिभावकको भूमिका निर्वाह गर्ने अपेक्षा छ

कांग्रेस सभापति थापाले भने– देउवाले अभिभावकको भूमिका निर्वाह गर्ने अपेक्षा छ



३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबाट अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका छन् ।

शनिबारको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले देउवासहित वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका हुन् ।

कांग्रेसका विमती अन्त्य गर्न र एक ढिक्का बनाउन उनीहरुको भूमिका हुनुपर्ने थापाको भनाइ छ ।

‘निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं । उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ– अब यो रोक,’ थापाले भने, ‘एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो ।’

उनले थपे, ‘वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौं ।’

गत पुस २७ देखि माघ १ गतेसम्म चलेको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई यही माघ २ गते निर्वाचन आयोगले आधिकारिकताको मान्यता दिएको थियो । त्यसप्रति देउवा पक्षका नेताहरुले आक्रोश व्यक्त गर्दै आएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका खड्काले त देशभर आन्दोलन गर्ने र कानुनी लडाइँ लड्ने अभिव्यक्ति दिएका थिए ।

सभापति थापाले केही दिनभित्रमै सबै नेतालाई एकै ठाउँ बसालेर पार्टीलाई अगाडि बढाउनेबारे निर्णय लिने बताए । त्यसका लागि कुराकानी थालिसकेको उनले जानकारी दिए ।

‘दुई–तीन दिनभित्र सबै एक ठाउँमा आएर पार्टीलाई अगाडि बढाएको देख्न सक्नुहुन्छ । संवादको थालनी गरिसकेको छु,’ थापाले भने, ‘पार्टीका साथीहरूसँग विभिन्न तहमा छलफल भएको छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More