― Advertisement ―

Amazon CEO Andy Jassy द्वारा दिनको उद्धरण: ‘अनुभवको लागि कुनै कम्प्रेसन एल्गोरिथ्म छैन’ – जीवन र व्यवसायमा सर्टकटहरू बेवास्ता गर्ने बुद्धि।

Andy Jassy ले Amazon परिवार धेरै वर्षसम्म – JeWCE बाट O 2 CE को नजिकैको सेवा लिनु अघि – धेरै वर्षसम्म बेजोस २०२१ मा।...
HomeLatest newsनिर्वाचन आयोगको निष्कर्ष – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

निर्वाचन आयोगको निष्कर्ष – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन



३ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता नगर्ने भएको छ ।

 नेपाली कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्रै भएको भन्दै निर्वाचनको मुखैमा प्रक्रिया अवरुद्ध गर्न नहुने निष्कर्षमा आयोग पुगेको हो ।

‘नेपाली कांग्रेस दुई खेमाजस्तो देखिएपछि दुवै पक्षका नेताहरु निर्वाचन आयोगभित्र छिर्दा दल विभाजनको प्रक्रियामा आउनुभएको होइन’, आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘विशेष महाधिवेशन विधानसम्मत छ कि छैन भन्ने प्रश्नमा आयोगले निर्णय दिएकोसम्म हो ।’

आयोगले कुनै पक्ष वा विपक्षमा निर्णय गरेको भन्दा पनि विशेष महाधिवेशनलाई विधानसम्मत भएको निर्णय गरेको भन्दै उनले त्यही निर्णयलाई आधार मानेर पार्टी विभाजित भएको अर्थ लगाउन नहुने बताए । उनले शुक्रबारको निर्णयका कारण निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने बताए ।

कांग्रेसले समानूपातिकतर्फको सूची बुझाइसकेको, दुई दिनपछि प्रत्यक्षतर्फको मनोनयन सुरु हुने भन्दै आयोगका एक उच्चपदस्थ अधिकारीले यस्तो अवस्थामा नयाँ दल दर्ता गर्न र उसलाई निर्वाचन प्रक्रियामा सामेल गराउन सम्भव नहुने बताए । उनले भने, ‘अब त खेल सुरु भइसकेपछि नयाँ खेलाडी म पनि दौडिन्छु भनेर मैदानमा छिर्न खोजेजस्तो हुने भयो ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More