― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsफिल्म फ्लप भएपछि कार्तिक आर्यनले निर्मातालाई फिर्ता गरे १५ करोड भारु

फिल्म फ्लप भएपछि कार्तिक आर्यनले निर्मातालाई फिर्ता गरे १५ करोड भारु


राष्ट्रिय

समाचार.

  • फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ २५ डिसेम्बर २०२५ मा रिलिज भएको थियो र बक्स अफिसमा फ्लप साबित भयो।
  • अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिकबाट करिब १५ करोड रुपैयाँ निर्मातालाई फिर्ता गरिदिएका छन्।
  • धर्मा प्रोडक्सनका अनुसार कार्तिक र निर्माता करण जोहरबीच कुनै समस्या छैन र भविष्यमा अर्को फिल्मका लागि छलफल भइरहेका छन्।

मुम्बई । कार्तिक आर्यन र अनन्या पाण्डेको फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ २५ डिसेम्बर २०२५ मा रिलिज भएको थियो । यद्यपि, यो फिल्मले बक्स अफिसमा अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेन र फ्लप साबित भयो ।

यो सन्दर्भमा ‘बलिउड हंगामा’ को एउटा रिपोर्टमा दाबी गरिएअनुसार, फिल्म नचलेपछि अभिनेता आर्यनले आफ्नो पारिश्रमिकबाट करिब १५ करोड रुपैयाँ निर्मातालाई फिर्ता गरिदिएका छन् ।

यो फिल्म धर्मा प्रोडक्सनको ब्यानरमा बनेको थियो । कार्तिकको यो निर्णय यस्तो समयमा आएको छ, जब फिल्म फ्लप भएपछि कार्तिक र निर्माता करण जोहरबीच मनमुटाव भएको अड्कलबाजी काटिँदै थियो ।

यद्यपि, स्रोतले भने दुईजनाबीच कुनै समस्या नरहेको दाबी गरेको छ । धर्माको ट्यालेन्ट एजेन्सी र कार्तिकको सम्बन्ध अहिले पनि उस्तै रहेको बताइएको छ ।

कार्तिक यतिबेला धर्मा प्रोडक्सन्सको फिल्म ‘नागजिला’ को छायाङ्कन गरिरहेका छन् । धर्मासँग सम्बन्धित स्रोतका अनुसार अभिनेता र निर्माताबीच सबै कुरा ठीक छ र दुवैजना भविष्यमा अर्को एउटा फिल्मका लागि पनि छलफल गरिरहेका छन् ।

फिल्म ‘तू मेरी मैं तेरा, मैं तेरा तू मेरी’ को अनुमानित बजेट करिब ९० करोड भारु थियो । कमाइको कुरा गर्दा, यसले भारतमा करिब ३२.४५ करोड भारु र विश्वभर करिब ४७.०५ करोडदेखि ४९.५ करोड भारुको बीचमा कारोबार गरेको थियो ।

यसै कारणले गर्दा यो फिल्म बक्स अफिसमा फ्लप मानिएको थियो । कार्तिक र अनन्या बाहेक फिल्ममा ज्याकी श्राफ, नीना गुप्ता र टिकु तलसानिया जस्ता कलाकार पनि देखिएका थिए ।





Read More