राष्ट्रिय
समाचार.
- कास्कीको लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरी विजयी सुरुवात गरेको छ।
- राज भुषालले खेलको दोस्रो मिनेटमै निर्णायक गोल गर्दै लालिगुराँसलाई अग्रता दिलाएका थिए।
- सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।
१ माघ, काठमाडौं । कास्कीको लालिगुराँस एसोसिएसनले जावलाखेल युथ क्लबलाई स्तब्ध पार्दै राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ ।
पहिलो पटक राष्ट्रिय लिगमा सहभागि भएको लालिगुराँसले बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ए डिभिजन क्लब जावलाखेललाई १-० ले पराजित गरेको हो ।
लालिगुरासँसका लागि राज भुषालले निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै गोल गर्दै लालिगुराँसला२ अग्रता दिलाएका थिए । त्यही गोल नै ३ अंक दिलाउन निर्णायक बन्यो ।
एन्फा प्रेसिडेन्ट लिगमा च्याम्पियन बन्दै लालिगुराँस राष्ट्रिय लिगका लागि छनोट भएको हो ।
लालिगुराँसले पहिलो खेलबाटै ३ अंक जोडेर राष्ट्रिय लिगमा सानदार सुरुवात गरेको छ । लालिगुराँसका लक्षु थापा खेलको प्लेअर अफ दि म्याच घोषित भए ।
बिहीबारै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More



