― Advertisement ―

HomeLatest newsउम्मेदवारको टिकटमा गगन थापाको हस्ताक्षर राख्न निवेदन

उम्मेदवारको टिकटमा गगन थापाको हस्ताक्षर राख्न निवेदन


राष्ट्रिय

समाचार.

  • २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवारको मनोनयनपत्रमा आधिकारिक हस्ताक्षर परिवर्तन गर्न आयोगमा निवेदन परेको छ।
  • विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले देउवाको स्थानमा थापाको हस्ताक्षरबाट मनोनयनपत्र जारी गर्न निवेदन दिएको हो।
  • थापा नेतृत्वको पहिलो केन्द्रीय समितिको बैठकले पार्टी विवरण आयोगमा अध्यावधिकका लागि निवेदन दिने निर्णय गरेको थियो।

१ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारको मनोनयन–पत्रमा आधिकारिक हस्ताक्षर परिवर्तन गर्न आयोगमा निवेदन परेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले उम्मेदवारको मनोनयनपत्रमा आधिकारिक हस्ताक्षर परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको मनोनयन पत्र मात्र स्वीकार हुने गरी आयोगमा निवेदन परेको थियो । सोही आधारमा आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तथा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नाम स्वीकार गरिसकेको छ ।

विशेष महाधिवेशनपछि भने थापा नेतृत्वको कांग्रेसले आफूहरू आधिकारिक रहेको भन्दै देउवाको स्थानमा सभापति थापाको हस्ताक्षरबाट मनोनयन पत्र जारी गरिने भन्दै निवेदन पेस दिएको हो ।

आज बसेको थापा नेतृत्वको पहिलो केन्द्रीय समितिको बैठकले पार्टीको विवरण आयोगमा अध्यावधिकका लागि निवेदन दिने निर्णय गरेको थियो । सोहीअनुसार थापासहितका पदाधिकारी र कानुनविज्ञ आयोग पुगेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More