― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsनिर्वाचन आयोगमा गगन नेतृत्वको कांग्रेसको छलफल (तस्वीरहरू)

निर्वाचन आयोगमा गगन नेतृत्वको कांग्रेसको छलफल (तस्वीरहरू)


राष्ट्रिय

समाचार.

  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारी टोली निर्वाचन आयोगमा पुगेको छ।
  • उनीहरूले पार्टी कार्यसमिति नयाँ चयन भएको जानकारी आयोगमा गराउने बताएका छन्।
  • समानुपातिकतर्फको बन्दसूची संशोधन र गगन थापाको हस्ताक्षर राख्ने प्रस्ताव पनि आयोगमा पेश गर्ने तयारी छ।

१ माघ, काठमाडौं । विशेषम महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारीसहितको टोली अहिले निर्वाचन आयोगमा पुगेको छ । आफू नेतृत्वको कांग्रेस नै आधिकारित दाबी गर्दै थापासहित पदाधिकारीको टोली निर्वाचन आयोग पुगेको हो ।

आयोगमा उनीहरूले पार्टी कार्यसमिति नै नयाँ चयन भएको जानकारी गराउने बताएका छन् । त्यस्तै यसअघि बुझाइएको समानुपातिकतर्फको बन्दसूची संशोधन, शेरबहादुर देउवाको हस्ताक्षरको ठाउँमा गगन थापाको हस्ताक्षर राख्ने प्रस्ताव पनि उनीहरूले आयोगमा गर्दैछन् ।

अहिले आयोगमा भइरहेको छलफलमा थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहित पदाधिकारी छन् । त्यस्तै कानुन व्यवसायीहरू पनि सहभागी छन् ।

 





Read More