― Advertisement ―

Homeएकै परिवारका चारजनालाई घाइते बनाएको घटनाको जाहेरी प्रहरीले दर्ता नगरेको आरोप

एकै परिवारका चारजनालाई घाइते बनाएको घटनाको जाहेरी प्रहरीले दर्ता नगरेको आरोप


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सिरहाको मिर्चैया नगरपालिका ३ छड्की टोलमा एक परिवारमाथि १५–२० जनाको समूहले आक्रमण गर्दा चार जना घाइते भएका छन्।
  • पक्राउ परेका पाँचमध्ये तीन जनालाई राजनीतिक दबाबमा छाडिएको र प्रहरीले जाहेरी दर्ता नगरेको पीडितले आरोप लगाएका छन्।
  • इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले घटनामा संलग्न नभएका व्यक्तिको नाम जाहेरीमा राखिएको कारण दर्ता नहुने बताएका छन्।

६ असोज, जनकपुरधामसिरहाको मिर्चैया नगरपालिका ३ छड्की टोलको एक परिवारमाथि नै आक्रमण भएको घटनामा दोषी उम्काएको र प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लागेको छ ।

आक्रमणमा संलग्न भएर प्रहरीले पक्राउ गरिसकेका पाँचजना मध्ये तीनजनालाई राजनीतिक दबाबमा छाडिएको समेत पीडितको आरोप छ ।

गत कात्तिक २ गते बेलुका घरमै प्रवेश गरी आक्रमण हुँदा एकै परिवारका चार जना घाइते भएका थिए । स्थानीय ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादव घाइते भएका थिए ।

घाइते शिवनन्दनका अनुसार घरमै बसिरहेको अवस्थामा आएको १५२० जनाको समूहले खुकुरी, रड, भाटालगायतले प्रहार गरेका थिए । उनीहरु मध्ये केही अस्पतालमा उपचाररत्त छन् भने कोही फर्केका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले बताए । उनका अनुसार केहीसमय अघि जीतवाहन मेलामा दुई किशोरबीच भएको विवाद भएको थियो ।

त्यसैको निहुँमा परिवारमाथि आक्रमण हुनुअघि पनि विवाद र सामान्य कुटपिट भएको थियो । घटनापछि अर्को पक्षले घरमै पुगेर कुटपिट गरेको उनको भनाइ छ ।

प्रहरीले घटनामा संलग्नताको आरोपमा मिर्चैया३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादव गरी पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले किशोरी, पूर्व वडाध्यक्ष हरी कुशीयौत र जगदीश धुर्झारसहित तीनजनालाई छाडिसकेको छ । घटनामा उनीहरूको संलग्नता नदेखिएकाले तारेखमा छोडिएको डिएसपी पुरीको भनाइ छ । अशोक यादवसहित दुई जना प्रहरीकै नियन्त्रणमा रहेका छन् ।

प्रहरीले संलग्न दोषीलाई उम्काउन छाडेको र जाहेरीसमेत दर्ता नगरेको पीडित शिवनन्दन यादवले आरोप लगाए । ‘घटनामै संलग्न दोषीलाई प्रहरीले छाडेको र उनीहरुको नाम हटाएर ल्याए मात्रै दर्ता हुने भन्दै छन् । दोषीलाई नै छाडेपछि र जाहेरीबाट नाम हटाएपछि हामीले कसरी न्याय पाउने ?’ उनको गुनसो छ ।

डिएसपी पुरीले घटनामा संलग्न नरहेको व्यक्तिको नाम राखेपछि दर्ता नहुने बताए । ‘पक्राउ अन्य दुई व्यक्तिको बयानअनुसन्धानले ती छाडिएका व्यक्ति त्यतिबेला घटनामा संलग्न देखिंदैनसंलग्न नै नभएका व्यक्तिको नाम जाहेरीमा ल्याएपछि कसरी दर्ता गर्नु ?,’ उनले प्रतिप्रश्न गरे





Read More