― Advertisement ―

‘5% उपयोग एक गणित असफल’: अरबौं मूल्यको लाखौं GPUs प्रायः निष्क्रिय बसिरहेका छन्, रिपोर्ट फेला पार्छ

अधिकांश कम्पनीहरूले ठूलो मात्रामा एआई पूर्वाधारको अतिरिक्त प्रावधान राख्छन्, GPU र CPU हरूलाई कम प्रयोगमा छाडेर, कम खर्चिलोपनको डर र प्रभावकारीता बढाउँदै गर्दा। थप...
Homeम एजेन्ट होइन – KhabarHost

म एजेन्ट होइन – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • हामी नेपालका संयोजक सुदन गुरुङले आफू एजेन्ट नरहेको स्पष्टीकरण दिएका छन्।
  • गुरुङले जेन–जीहरूलाई विभाजित गर्न भ्रम छर्ने प्रयास भइरहेको बताए।
  • उनले संविधान पढेर त्यसलाई टेकेर अघि बढ्ने प्रतिबद्धता जनाए।

६ कात्तिक, काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले आफू एजेन्ट नरहेको स्पष्टीकरण दिएका छन् ।

बिहीबार माइतीघरमण्डलामा जेन–जी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले जेन–जीहरूलाई विभाजित गर्न अनेक कुराहरू गरेर भ्रम छर्ने प्रयास भइराखेको बताए ।

‘सुदन एजेण्ट हो रे ! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ’ गुरुङले प्रष्टीकरण दिए, ‘म एउटा नागरिक हुँ । सिम्पल एउटा नागरिक । तपाईं जस्तै हो म ।’

आफ्नोबारे अफवाह फैलाउने कार्यलाई उनले गलत तरिकाको राजनीतिको संज्ञा दिए । ‘पहिले राजनीति बुझेको थिइनँ, तर अब बुझ्दैछु । अब जान्दैछु र उनीहरूले बनाएको संविधान पनि पढ्दैछु’ गुरुङले भने ।

संविधानमै टेकेर अगाडि बढ्ने पनि उनको प्रतिबद्धता छ । जेन–जीलाई विभाजित गर्ने जे जस्ता प्रयास गरिएतापनि गलत गर्नेहरूलाई संविधान र कानुनको दायरामा ल्याउन ल्याउन लागिरहने उनको दृढता छ ।

‘उनीहरूले बनाएको संविधान पढ्दैछु । त्यसलाई टेकेर अब हामी हान्छौं । उनीहरूले सिकाएको पाठलाई हामी सिक्छौं । त्यही उनीहरूले बनाएको नियम/कानुन अनुसार उनीहरूलाई भित्र थुन्ने हो,’ गुरुङले भने ।

विधि र कानुन अनुसार अगाडि बढ्न समय लाग्ने पनि उनले बताए । ‘समय लाग्छ । अलिकति धैर्य धारण गर्नुपर्छ हामी सबै मिलेर’ आम नागरिलाई अगुवा गुरुङको आग्रह छ ।

किन समय लाग्छ ? गुरुङको जवाफ छ, ‘८० वर्षसम्म बिगारेको छ । कत्ति भद्रगोल बनाएको छ । भित्र खोक्रो छ । भित्र भित्र जलेको छ यिनीहरू । यो कुरा तपाईंहरूले सिंहदरवार बाहिरबाट बुझ्न जरुरी छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More