― Advertisement ―

लाखौं बिर्सिएका FTP सर्भरहरू पूर्वनिर्धारित सेटिङहरूद्वारा सक्षम गरिसकेपछि पनि इन्टरनेटका दशकहरूमा चुपचाप चलिरहेका छन्।

FTP अझै पनि फराकिलो चलाउनको लागि कारणले चल्छ कन्फिगरेसनहरूलाखौं सर्भरहरूले सक्रिय प्रशासनिक सचेतता बिना FTP खुलासा गर्दछइन्क्रिप्सन असंगतिहरूले धेरै FTP जडानहरू पूर्ण रूपमा असुरक्षित...
Homeजेनजी प्रदर्शनमा भएको आगजनी स्थलमा देखिए निश्चल, दिए यस्तो स्पष्टीकरण

जेनजी प्रदर्शनमा भएको आगजनी स्थलमा देखिए निश्चल, दिए यस्तो स्पष्टीकरण


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कलाकार निश्चल बस्नेतले गत भदौ अन्तिम साता जेनजी युवाको प्रदर्शनमा सहभागी भएको भिडियो सार्वजनिक भएको छ।
  • उनले संसद भवन जलिरहेको बेला जेनजीले गरेको कामको प्रशंसा गर्दै ‘यो जेनजी युगको सुरुवात हो’ भनेका छन्।
  • निश्चलले आफूले ढुंगा हानेको तर आगजनी नगरेको उल्लेख गर्दै छानबिन गर्न आग्रह गरेका छन् र दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्।

५ कात्तिक, काठमाडौं। गत भदौ अन्तिम साता जेनजी युवाको प्रदर्शनमा कलाकार निश्चल बस्नेत पनि सहभागी भएको भिडियो सार्वजनिक भएको छ ।

बानेश्वर क्षेत्रमा संसद भवन जलिरहेका बेला उनले एक भिडियोमा अरु कसैले गर्न नसकेको काम जेनजीले गरेको भन्दै उनीहरुलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘यो जेनजी युगको सुरुवात हो । उनीहरुले गरेर देखाएका छन् । थ्यांक्यू उनीहरुलाई ।’

यो भिडियो सार्वजनिक भएपछि आगजनी र तोडफोडमा निश्चल पनि संलग्न भएको भन्दै कतिपयले उनको आलोचना गरिरहेका छन् । तर निश्चलले ढुंगा हानेको र आगजनी नगरेको जिकिर गरेका छन् ।

उनले आफूमाथि छानबिन गर्न आग्रह गर्दै दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको पनि बताएका छन् ।

‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् मलाई जे सजाय दिए पनि भोग्न तयार छु,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पस्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु ।’

उनले आफू अनुकूल लेखेर भ्रम नछर्न अनुरोध पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘आन्दोलनमा गएको हो ? हो !

भ्रष्टाचारको विरोध गरेको हो ? हो !

मसँग फोटो भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन् ? हो !

भिडियोको माथि आफू अनुकुल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More