― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsकांग्रेस विशेष महाधिवेशन स्थलमा बीपीदेखि कृष्णप्रसाद भट्टराईसम्म (तस्वीरहरू)

कांग्रेस विशेष महाधिवेशन स्थलमा बीपीदेखि कृष्णप्रसाद भट्टराईसम्म (तस्वीरहरू)



२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन बज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । मध्याह्न १२ बजे उद्घाटन हुने महाधिवेशनका लागि अहिले धमाधम प्रतिनिधिहरुको नाम दर्ताको काम भइरहेको छ ।

महाधिवेशनको उद्घाटनअघि नै प्रतिनिधिहरु महाधिवेशन स्थल पुगेर नाम दर्ता गरेर कार्ड लिइरहेका छन् । प्रतिनिधिका साथै अहिले कांग्रेस समर्थकहरु पनि कार्यक्रम स्थल पुगेका छन् ।

कार्यक्रममा मञ्च व्यवस्थापनको काम भइरहेको छ । कार्यक्रम स्थलमा कांग्रेसले आफ्ना पूराना नेताहरुका प्रतिमा लहरै राखेर सजाएको छ ।

कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसा कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको छ ।

सोमबारसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ ।  यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।

       





Read More