― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsराष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण



२७ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेल कार्यक्रम स्थल पुग्दा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

हरेक वर्ष २७ पुसमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

यस वर्ष पनि देशभरि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।





Read More