― Advertisement ―

अष्ट्रेलिया क्लाउड मिथोसको परीक्षण गर्ने देशहरूमा सामेल हुन्छ ‘हामी उदाउँदो कमजोरीहरू बारे सचेत छौं भन्ने सुनिश्चित गर्न’

अष्ट्रेलियाली सरकारलाई जानकारी दिईरहेको छ कि यो काम गर्दैछ र अन्य अष्ट्रेलियाली सरकारको साथमा काम गर्दैछ। साइबरसुरक्षा कमजोरीहरू।Anthropic's Mythos Preview, Project Glasswing को अंश,...
Homeउद्योग विभागले औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ ११ कात्तिकबाट थाल्ने

उद्योग विभागले औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ ११ कात्तिकबाट थाल्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • उद्योग विभागले जेन जी आन्दोलनपछि रोकिएको औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ ११ कात्तिकबाट सुरु गर्ने निर्णय गरेको छ।
  • पेटेन्ट, डिजाइन र ट्रेडमार्कसम्बन्धी मुद्दाको सुनुवाइ सोमबारदेखि बिहीबारसम्म नियमित इजलासमार्फत सञ्चालन गरिने विभागले जनाएको छ।
  • २४ भदौको आगजनीबाट क्षति पुगेको विभागले २१ असोजदेखि अधिकांश सेवा सुचारु गरिसकेको छ।

५ कात्तिक, काठमाडौं। उद्योग विभागमा जेन जी आन्दोलनपछि रोकिएको औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाहरुको सुनुवाई ११ कात्तिकबाट सूचारु हुने भएको छ।

विभागका अनुसार पेटेन्ट, डिजाइन र ट्रेडमार्कसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ कात्तिकबाट पेशी सुचीमा राख्ने निर्णय भएको छ। त्यसपछि सोमबारबाट बिहीबारसम्म नियमित इजलास सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।

२४ भदौको आगजनीबाट विभागमा क्षति पुगेको थियो। त्यसपछि विभागले अधिकाश सेवाहरु २१ असोजबाट सुचारु भएका छन्।

औद्योगिक सम्पत्तिको मुद्दाको सुनुवाइ भने सुचारु हुन सकेको थिएन।





Read More