― Advertisement ―

घोटाला गर्नेहरूले AI उपकरणहरू प्रयोग गर्दै पीडितहरूलाई पाँच मिनेट भित्र नगद हस्तान्तरण गर्न मूर्ख बनाउन

लगभग दुईवटा पीडितहरू विश्वास गर्छन्। अनुभवदस मध्ये एक जना पीडितले मात्र पाँच मिनेटमा पैसा हस्तान्तरण गरे63% घटनाहरूमा घोटाला गर्नेहरू धेरै प्लेटफर्महरूमा सारियोमेसेजिङ स्क्यामहरू बढ्दो...
Homeगृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली – KhabarHost

गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली – KhabarHost



५ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् ।

बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई कारबाही नगरेर अर्को मुलुकमा अर्को आन्दोलनको बिजारोपण गरिरहेको उनको आरोप छ ।

‘सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तर्वार्तामा बोलेको कुरामा देखिन्छ । दु:ख परेकामाथि उहाँको दुष्मनी देखिन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुष्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेनजी आन्दोलनकारीबाट आफैंमाथि  दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’

उनले सरकारले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनुको सट्टा दुष्मनी साँधिरहेको आरोप लगाए ।

सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।

‘आन्दोलनको क्रममा  लुटपाट गर्नेहरू वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन । यस्तो अपराधिक क्रियाकलपमा सलंग्नहरू विदेशका नभई यँही वरपरका थिए,’ ओलीले भने, ‘अहिले पक्राउ गर्न सरकार तयार छैन । झन पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । उनीहरू कालान्तरसम्म पक्राउ होलान् । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन ।’

जेन–जी पुस्ताका अगुवाहरूमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरूलाई पक्राउ गर्ने मनशाय सरकारमा रहेको उनको आशंका छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More