― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest news‘मेरी बास्सै’ को निर्देशक, कलाकारको भूमिकामा फर्किए दमन रुपाखेती

‘मेरी बास्सै’ को निर्देशक, कलाकारको भूमिकामा फर्किए दमन रुपाखेती


राष्ट्रिय

समाचार.

  • चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’ मा निर्देशक र अभिनेताको रुपमा दमन रुपाखेती चार वर्षपछि पुनरागमन भएका छन्।
  • रुपाखेतीले निर्देशन गरेका तीन एपिसोड युट्युबमा आइसकेका छन् र माघदेखि पुनः कुनै टिभीमा प्रसारण गर्ने योजना रहेको उनले बताए।
  • ‘मेरी बास्सै’ सिरियलले युवा दर्शकलाई समेत रुचिकर हुने गरी अघि बढ्ने र हरेक एपिसोडको युट्युब भ्यूज १० लाखभन्दा बढी पुर्‍याउने लक्ष्य राखिएको छ।

काठमाडौं । चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’ को निर्देशक र अभिनेताको रुपमा दमन रुपाखेतीको पुनरागमन भएको छ । राजु मास्टरले छाडेपछि रुपाखेती ४ वर्षपछि सिरियलमा फर्किएका हुन् ।

रुपाखेतीले निर्देशन गरेका ३ एपिसोड युट्युबमा आइसकेको छ । ‘अब सिरियल रहुञ्जेल यसैमा काम गर्छु’ रुपाखेतीले अनलाइनखबरसँग भने, ‘अब सिरियललाई युवा दर्शकलाई समेत रुचिकर हुने ढंगले अघि बढाउँछौं ।’े

राजु मास्टरले स्वेच्छाले सिरियल छाडेको रुपाखेतीले बताए । पहिले लामो समयसम्म यो सिरियलमा काम गरेका उनी पछिल्ला वर्ष अन्य र आफैले पनि सिरियल ल्याउन थालेपछि ‘मेरी बास्सै’ छाडेका थिए।

रुपाखेती दोस्रोपटक सिरियलमा जोडिएका हुन् । यसअघि उनले ८० भागसम्म निर्देशन गरेका थिए । त्यसपछि उनले ‘झ्यानाकुटी’ र ‘हाकाहाकी’ सिरियल ल्याए ।

युवापुस्तालाई समेत रुचिकर हुने ढंगले सिरियल ल्याउने रुपाखेतीले बताए । उनले हरेक एपिसोडको युट्युब भ्यूज १० लाखभन्दा बढी भ्युज पुर्‍याउने योजना रहेको बताए ।

यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको यो सिरियल असारयता मिडिया हबको युट्युब च्यानलमा मात्र आइरहेको छ । माघदेखि पुनः कुनै एक टिभीमा ल्याउने योजना रहेको जानकारी रुपाखेतीले दिए ।

यो सिरियलमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, पल्पसा डंगोल, दिवाकर भण्डारी, उत्तम केसी, सुरेन्द्र केसी, साया भण्डारी, यादव थापा लगायतको अभिनय हुँदै आएको छ ।

रुपाखेती चाहिँ घरज्वाइँको भूमिकामा देखिँदै आएका छन् । ‘मेरी बास्सै’ हरेक मंगलबार राती साढे ८ बजेदेखि युट्युब च्यानलमा आउने गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More