― Advertisement ―

युक्रेनको सानो 25g ड्रोन एन्टेनाले रणभूमि प्रणालीहरूलाई धेरै रेडियो फ्रिक्वेन्सीहरूमा आश्चर्यजनक संचार बढावा दिन सक्छ।

नयाँ कम्प्लेक्सको लागि हामी पर्याप्त छौँ। प्लेटफार्महरूBlueBird Tech CLOVER ले ड्रोन, निगरानी उपकरण, र ग्राउन्ड रोबोटहरू सेवा गर्न सक्छएन्टेनाले आधुनिक FPV प्रणालीहरूद्वारा व्यापक रूपमा...
HomeLatest newsइस्माका महिलालाई अचार बनाउने तालिम – KhabarHost

इस्माका महिलालाई अचार बनाउने तालिम – KhabarHost



२५ पुस, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले अचार बनाउने तालिम दिइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तथा इस्मा गाउँपालिका वडा नम्बर–१ को समन्वयमा सञ्चालन गरिएको तालिममा वडा नम्बर–१ र २ का २२ जना महिलाहरूको सहभागिता थियो ।

तालिममा स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय र स्वादिलो अचार उत्पादन गर्ने विधि, सरसफाइ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी आधारभूत जानकारी दिइएको थियो ।

तालिम समापनको अवसरमा सहभागी महिलाहरूले तयार पारेका विभिन्न प्रकारका अचार प्रदर्शनमा राखिएको थियो । समापन कार्यक्रममा तालिममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले महिलाहरूको आर्थिक सशक्तीकरणविना समग्र विकास सम्भव नहुने बताए । उनले घरेलु तथा साना उद्योग कार्यालयसँगको सहकार्यमा यस्ता तालिमहरू आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिवद्धता जनाउँदै तालिमलाई व्यवसायमा रूपान्तरण गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा इस्मा गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्षले महिलाहरूलाई सीपमूलक तालिमले आत्मनिर्भर बन्न ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा उतारी आम्दानीको स्रोत बनाउन अनुरोध गरे ।

कार्यक्रममा इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुलीले सीप विकासमार्फत महिलाहरूलाई उद्यमशील बनाउने गाउँपालिकाको नीति रहेको उल्लेख गरे । उनले तालिमपछि महिलाहरूले समूह वा व्यक्तिगत रूपमा व्यवसाय सुरु गर्न सके स्थानीय अर्थतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले तालिम सञ्चालनको उद्देश्य, प्रक्रिया र उपलब्धिबारे जानकारी गराउँदै महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताए ।

तालिममा सहभागी टीका कुँवरले तालिमबाट धेरै नयाँ ज्ञान प्राप्त भएको बताउँदै अवसर पाए व्यावसायिक रूपमा अचार उत्पादन गर्ने उत्साह थपिएको बताइन् ।





Read More