राष्ट्रिय
समाचार.
- इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
- आर्सनलले २१ खेलबाट ४९ अंक जोडेको छ भने लिभरपुल ३५ अंकसहित चौथो स्थानमा छ।
- बराबरीपछि आर्सनल शीर्षस्थानमा छ र लिभरपुलले अंकदूरी घटाउने अवसर गुमाएको छ।
२५ पुस, काठमाडौं । इंग्लिस प्रिामियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको आर्सनल र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् ।
आर्सनल घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको हो । खेलमा आर्सनलका कुल ५ प्रहार विपक्षी गोलकिपर एलिसनले बचाएका थिए ।
लिभरपुलले भने सिर्जना गरेका अवसरलाई फिनिसिङमा परिणत गर्न सकेन ।
बराबरीका बाबजुद आर्सनल शीर्षस्थानम छ भने लिभरपुलले अंकदूरी घटाउने अवसर सदुपयोग गर्न सकेन ।
आर्सनलको २१ खेलबाट ४९ अंक भएको छ । लिभरपुल ३५ अंकसहित चौथो स्थानमा छ ।
लिगको दोस्रो स्थानमा रहेको सिटीको ४३ अंक छ भने तेस्रो स्थानको एस्टन भिल्ला पनि ४३ अंकमा छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

