― Advertisement ―

प्लास्टिकको फोहोरले चाँडै विमानलाई इन्धन गर्न सक्छ किनभने अनुसन्धानकर्ताहरूले नयाँ रिएक्टर प्रणाली प्रयोग गरेर खारेज गरिएका सामग्रीहरूबाट सस्तो जेट इन्धन विकास गर्छन्।

हामीलाई सीधै jet मा रूपान्तरण गर्न सकिन्छ। इन्धनएउटा ट्यान्डम रिएक्टर प्रणालीले प्लास्टिकलाई ४६० डिग्री सेल्सियसमा तोड्छरुथेनियम उत्प्रेरक साइटहरूले व्यावसायिक विकल्पहरू भन्दा धेरै राम्रो चयनशीलता...
Homeशंकर पोखरेल – KhabarHost

शंकर पोखरेल – KhabarHost



५ कात्तिक, कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिन आवश्यक भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको धारणा राख्दै उनले सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित हुनुपर्ने माग राखेका छन् ।

‘मुख्य दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले राजनीतिक वैधता पाउन सक्दैन । राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध गर्न खोज्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट भएको देखिँदैन,’ उनले भनेका छन् ।

साथै, कतिपय समूहहरू समानान्तर सत्ता सञ्चालन गर्नेजस्ता गतिविधिमा सक्रिय भएको उनले बताए ।

‘यस्ता अवस्थाको नियन्त्रण अनिवार्य छ । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्छ । तर, अहिलेका केही मन्त्रीहरू त्यसको विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ,’ पोखरेलले बताएका छन् ।





Read More