― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeसर्वदलीय बैठकमा दलहरूले राखे चुनावी सुरक्षाको चासो

सर्वदलीय बैठकमा दलहरूले राखे चुनावी सुरक्षाको चासो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ, जहाँ दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन्।
  • सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सबैले निर्वाचनमा जाने कुरामा सहमति देखिएको बताउनुभयो।
  • नेताहरूले एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध नगरेको उल्लेख गरेका छन्।

४ कात्तिक, काठमाडौं । सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ ।

नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा सबैले बोल्ने क्रम करिब अन्त्यतिर पुगेको छ ।

मन्त्री खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राखेका छन् ।’

निर्वाचनमा जाने कुरामा भने सबैको सहमति देखिएको छ ।

नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More