― Advertisement ―

4TB Acer Predator GM6 SSD अमेजनको टेक हप्ता बिक्रीमा £320 भन्दा कम छ

यदि तपाइँ केहि छिटो र फराकिलो संग आफ्नो भण्डारण विस्तार गर्ने बारे सोच्दै हुनुहुन्छ भने, एक उत्कृष्ट विकल्प हो Acer Predator GM6 4TB SSD,...
Homeसरकारले चुनाव गराउन सक्दैन भन्ने एमालेको आशंका – KhabarHost

सरकारले चुनाव गराउन सक्दैन भन्ने एमालेको आशंका – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेकपा एमालेले सर्वदलीय बैठकमा वर्तमान सरकारले निर्धारित समयमा चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ।
  • सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार एमाले नेताहरूले चुनावको विरोध भने गरेका छैनन्।
  • सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी छन्।

४ कात्तिक, काठमाडौं। नेकपा एमालेले निर्धारित समयमा वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा एमालेले यस्तो आशंका व्यक्त गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन्। उनीहरू चुनावको विरोध भने गरेका छैनन्।

सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी छन्।





Read More