― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsराजीनामापछि कुलमानले भने– कुर्सीभन्दा माथि आत्मसम्मान, सरकार भन्दा ठूलो जनता

राजीनामापछि कुलमानले भने– कुर्सीभन्दा माथि आत्मसम्मान, सरकार भन्दा ठूलो जनता



२३ पुस, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’

उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे ।

‘मैले दिएको राजीनामाको निर्णय त न भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास हो । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’ घिसिङले भनेका छन् ।

उनले थप भने, ‘पदमा रहँदा मात्रै होइन पदबाट बाहिर रहँदा देश र जनताको पक्षमा उभिनु नै कर्तव्य ठानेको छु ।’





Read More