राष्ट्रिय
समाचार.
- बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि जेनजी प्रदर्शनमा क्षतिग्रस्त भएका सवारी साधनमा कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ।
- प्रदेश सचिव झलकराम अधिकारीले सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र कर र दस्तुर छुट दिइने जानकारी दिए।
- नेपाल ट्रक व्यवसायी महासंघले निर्णयको स्वागत गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग सुझाव दिएको र महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले राहत पुगेको बताए।
२३ पुस, काठमाडौं। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णय राजपत्रमा प्रकाशित भएको छ ।
प्रदेश सचिव झलकराम अधिकारीका अनुसार प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ ।
साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट प्रदान गरिने बताइएको छ ।
नेपाल ट्रक व्यवसायी महासंघले सो निर्णयको स्वागत गरेको छ । संघले बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग भेट गरी सवारी साधन कर र दस्तुर छुट सम्बन्धी सुझाव दिएको बताएको छ ।
सुझावअनुसार बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्को गत पुस १६ गतेको बैठकमा चालु आर्थिक वर्षको सवारी साधन कर, केही दस्तुर र जरिवाना छुट दिने निर्णय गरेको थियो ।
नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले महासंघको तर्फबाट धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारको यो निर्णयले व्यवसायीहरूलाई ठूलो राहत पुगेको बताए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

