― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsकुलमान घिसिङ – KhabarHost

कुलमान घिसिङ – KhabarHost



२३ पुस, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन् ।

प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् ।

उनले अब भोलिबाटै आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने बताएका छन् । यसअघि पूरा मन्त्रालयमै काममा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताए ।

‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ । र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

घिसिङले देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जान चाहेको बताए ।

‘अब त्यो समय आएको छ । भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ । भोलिदेखि नै प्रभावकारी हुन्छ,’ घिसिङले भने, ‘देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जानका लागि आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर अघि बढेको छु ।’

घिसिङ यसअघि नै रास्वपासँगको समझदारी अनुसार, सो पार्टीको उपसभापति बन्ने समझदारी भइसकेको थियो ।

तर, घिसिङले उक्त समझदारी कार्यान्वयन नभइसकेको बताएका छन् ।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन ।’





Read More