― Advertisement ―

TechRadar को साप्ताहिक क्रसवर्ड — पजल #3, शुक्रबार, अगस्त 14

अर्को शुक्रबार, र अर्को साप्ताहिक क्रसवर्ड तपाईंको लागि तयार छ। विगत सात दिनका सबैभन्दा ठूला समाचारहरूसँग सम्बन्धित केही सुरागहरूका साथै प्राविधिक ट्रिभिया र नर्डी...
HomeLatest newsप्रलोपाबाट रुकुम पश्चिममा जनार्दन शर्मा एकल सिफारिस  – KhabarHost

प्रलोपाबाट रुकुम पश्चिममा जनार्दन शर्मा एकल सिफारिस  – KhabarHost


फाइल तस्वीर



२३ पुस, सुर्खेत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पश्चिमले जनार्दन शर्माको नाम एकल सिफारिस गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शर्माको नाम एकल सिफारिस गरेको हो ।

प्रलोपा रुकुम पश्चिमको बुधबार बसेको विस्तारित बैठकले पार्टीका संरक्षक समेत रहेका शर्माको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज गोर्खबहादुर केसी (सन्देश) ले जानकारी दिए ।

‘कसलाई सिफारिस गर्ने भन्ने अन्यौलता नै थियो । आजको बैठकले जनार्दन कमरेडको नाम एकल सिफारिस गरेको छ,’ इन्चार्ज केसीले अनलाइनखबरसँग भने ।

जनार्दन शर्मा आगामी निर्वाचन लड्ने वा नलड्ने भन्ने अन्यौलता नै थियो । तर उनकै सहमतिमा नाम सिफारिस गरिएको उनले बताए । तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दल बिचमा भएको एकतामा सहभागी नभई शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माणमा जुटेका थिए ।

रुकुम पश्चिममा जनार्दनको नाम सिफारिससँगै अब जिल्लाको निर्वाचन रोचक हुने देखिएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका शर्मा आगामी निर्वाचनमा भने फरक पार्टी र फरक चुनाव चिह्नबाट चुनाव लड्ने छन् ।

नेपाली कम्युनिस्ट पार्टीले पनि यस अघि नै गोपाल शर्माको नाम एकल सिफारिस गरिसकेको छ ।  कुनै समय जनार्दनको विश्वास पात्र मानिने गोपाल अब उनकै प्रतिस्पर्धी बन्ने छन् ।





Read More