― Advertisement ―

जहाँ हामी मूरको कानूनको 60 वर्ष पछि खडा छौं

अप्रिल 1965 मा, Intel सह-संस्थापक गोर्डन मूरले एउटा ग्राउन्डब्रेकिंग लेख प्रकाशित गरे जसमा उनले के सिद्धान्तको विवरण दिन्छ, कम्प्युटरको क्षमतामा घातीय र शक्तिको...
HomeLatest newsसामाजिक सञ्जालमार्फत ३०० श्रमिकबाट १८ करोड उठाएर सञ्चालक फरार

सामाजिक सञ्जालमार्फत ३०० श्रमिकबाट १८ करोड उठाएर सञ्चालक फरार


राष्ट्रिय

समाचार.

  • कोज्मो एजुकेसन कन्सल्टेन्सीले बुल्गेरिया र क्रोएसियामा रोजगारी दिने भन्दै १५० भन्दा बढी व्यक्तिबाट करोडौं रूपैयाँ ठगी गरेको पाइएको छ।
  • कन्सल्टेन्सीका दुई कर्मचारी हिमा नायक र आस्था खड्का पक्राउ परेका छन् र उनीहरूले ३०० जनाबाट १८ करोड रूपैयाँ उठाएको बताएका छन्।
  • वैदेशिक रोजगार विभागले पीडितहरूलाई उजुरी दिन भनेको छ र उजुरी आएपछि अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।

२३ पुस, काठमाडौं । रामेछापका राजेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमा बुल्गेरियामा रोजगारी अवसरको विज्ञापन देखे । फेसबुकमा प्रचारका लागि राखिएको पोस्टर हेरेर उनले एप्लाई गर्ने सोच बनाए र कोटेश्वरमा रहेको ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ मा सम्पर्क गरे । अफिसमा जाँदासम्म उनलाई सबै कुरा ठिक लागेको थियो ।

कार्यालयमा रहेका म्यानेजर हिमा नायक र काउन्सुलर आस्था खड्काले उनलाई काउन्सिलिङ गरे । बुल्गेरियामा रोजगारीको अवसर, गर्नुपर्ने काम, त्यसका लागि लाग्ने पैसा लगायतका विषयमा उनलाई जानकारी दिइयो ।

‘सबै विषय बुझ्दा ठिकै लाग्यो, प्यान दर्तादेखि सबै प्रक्रिया बुझाइयो, बुल्गेरिया र क्रोएसिया भनेर भ्याकेन्सी पनि थियो,’ उनले भने, ‘हामीलाई विश्वस्त पार्न उनीहरूले डिपोजिट नलिने, एडभान्स नलिने भन्दै प्रहरी रिपोर्ट निकाल्न भनियो ।’

प्रहरी रिपोर्ट दिल्लीमा रहेको बुल्गेरियाको दूतावासमार्फत भेरिफाई गर्नुपर्ने जानकारी दिइयो । त्यसका लागि २५ हजार रूपैयाँ मागियो । ‘प्रहरी रिपोर्टमा दूतावासको छाप लगाउन आफै दिल्ली जाने कुरा पनि भएन’ उनले भने । कन्सल्टेन्सीको खातामा नै २५ हजार रूपैयाँ जम्मा गरिदिएको उनले बताए ।

प्रक्रिया सुरु गरेको करिब तीन महिनापछि वर्क पर्मिट आयो । त्यसमा हस्ताक्षर गरेपछि भीएफएक्स अपोइटमेन्टका लागि २ लाख रूपैयाँ जम्मा गर्न भनियो । साथै मेडिकल गर्नका लागि ५ हजार ५ सय रूपैयाँ समेत कन्सल्टेन्सीलाई बुझाइएको उनले बताए ।

सम्पर्कविहीन भएका सञ्चालक लालबाबु राम (बायाँ) र कन्सल्टेन्सीको विज्ञापन (दायाँ) ।

जनवरी ५ तारिखमा भीएफएक्सको लागि दिल्ली जानुपर्ने भनिएको थियो । जान नपाउँदै कन्सल्टेन्सीका कर्मचारीको फोन अफ भयो । त्यसपछि उनलाई लाग्यो, ‘अब म ठगीमा परेँ ।’

भक्तपुरका राजेश श्रेष्ठ पनि क्रोएसिया जान कोज्मो कन्सल्टेन्सी पुगे । सामाजिक सञ्जालमा विज्ञापन देखेपछि उनी समेत क्रोएसिया जान तयार भएका थिए । त्यसका लागि उनले २ लाख २८ हजार रूपैयाँ कन्सल्टेन्सीलाई बुझाएका थिए । वर्क पर्मिट आएपछि उनले उक्त रकम क्यास नै दिएका थिए।

चन्द्रलाल नगरकोटीले क्रोएसिया जानका लागि २ लाख ३५ हजार रूपैयाँ त्यही कन्सल्टेन्सीलाई बुझाए । उनी क्रोएसिया प्याकेजिङको कामका लागि जाने तयारीमा थिए । जब भीएफएक्सको लागि दिल्ली जाने तयारीमा थिए । त्यसपछि कार्यालयका सबै नम्बर बन्द भए, ठगीमा परेको थाहा पाए ।

मिनु मोक्तानका श्रीमान र नन्द समेत त्यसरी नै ठगीमा परेका छन् । वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने भनेर ४ लाख ५४ हजार रूपैयाँ कन्सल्टेन्सीलाई बुझाएका थिए ।

यसरी कोज्मोले धेरै जनाबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया र बुल्गेरिया पठाउने भन्दै करोडौं रूपैयाँ उठाएको पाइएको छ ।

ग्रिसमा बस्दै आएको भनिएका सञ्चालक लाल बाबु राम हालसम्म सम्पर्कमा छैनन् । उनी ह्वाट्सएपको नम्बरबाट जान चाहनेहरूसँग कुरा गर्दै आएका थिए । तर, अहिले उनको ह्वाट्सएप नम्बर नै हटेको छ ।

वैदेशिक रोजगारीका लागि क्रोएसिया र बुल्गेरिया जाने भनेर पैसा बुझाएका १५० जनाभन्दा बढी पीडित सम्पर्कमा आएका छन् । उनीहरूले वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । उजुरी दिन गएका पीडितहरूले बिहीबार बिहान दर्ता गराउने तयारी गरेका छन् ।

उजुरी लेख्न समय लागेपछि बुधबारका लागि समय नपुगेको र भोलि बिहान उजुरी दर्ता गरिने कार्कीले बताए ।

पीडितहरूले कोटेश्वरमा रहेको कन्सल्टेन्सीको कार्यालयबाट दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । त्यसरी पक्राउ पर्नेहरूमा हिमा र आस्था छन् ।

श्रेष्ठका अनुसार त्यसरी ठगीमा पर्नेहरूमा ३०० भन्दा बढीको संख्यामा छन् । आफूहरूबाट प्रतिव्यक्ति १ लाखदेखि २ लाख ८५ हजार रूपैयाँसम्म उठाइएको पीडित बताउँछन् ।

प्रहरीसँगको सोधपुछको क्रममा पक्राउ परेका दुवै जनाले समेत ३०० जनाबाट १८ करोडको हाराहारीमा पैसा उठाएको बताएका थिए ।

वैदेशिक रोजगार विभागले पीडितहरूलाई आवश्यक प्रमाणसहित उजुरी दिन भनेको छ । उजुरी आएपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने बोर्डले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More