― Advertisement ―

गोदामहरू चुपचाप रोबोट-संचालित प्रणालीहरूमा रूपान्तरण हुँदैछन् जहाँ मानिसहरू बिस्तारै दैनिक रसद सञ्चालनहरूमा वैकल्पिक हुँदैछन्।

एआई फिनिङवेयर फिनिङवेयर निरन्तर सञ्चालनको माध्यमबाट सञ्चालन हुन्छ प्रणालीहरूरोबोटहरूले आधुनिक गोदाम वातावरण भित्र मुख्य रसद कार्यहरू बढ्दो रूपमा ह्यान्डल गर्दछमानव श्रम नियमित कार्यान्वयनको सट्टा...
Homeचितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ – KhabarHost

चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ – KhabarHost



४,कात्तिक, चितवन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार राति भरतपुर महानगरपालिका-१० मा रहेको ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट २ लाख ११ हजार २१० रुपैयाँ र तास एक बुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तैं, सोमबार राति नै साढे १२ बजेको समयमा खैरहनी नगरपालिका-११ मा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट एक लाख ५० हजार ७ सय २० रुपैयाँ नगदसहित पाँच बुक तास पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबै जनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More