― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeभरतपुरमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु – KhabarHost

भरतपुरमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु – KhabarHost



४, कात्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिका-१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राति करिब २ बजेको समयमा बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर-२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र सोही ठाँउका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा, उपचारकै क्रममा राति २:३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल मै राखिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More