― Advertisement ―

म RAM-hogging गुगल क्रोमले मेरो ल्यापटपलाई क्रल गर्न ढिलो गर्नबाट बिरामी छु, त्यसैले Asus Vivobook 16 को Best Buy मा रेकर्ड-कम मूल्य गम्भीर रूपमा...

म सँधै थप उत्पादनशील हुने उपायहरू खोज्दै आएको छु, विशेष गरी जब मसँग एकै पटक धेरै एप र वेबसाइटहरू खुला हुन्छन्।मैले सोचिरहेको एउटा समाधान...
HomeLatest newsनागढुंगा सुरुङ व्यावसायिक सञ्चालन मिति फेरि अनिश्चित

नागढुंगा सुरुङ व्यावसायिक सञ्चालन मिति फेरि अनिश्चित


राष्ट्रिय

समाचार.

  • सरकारले १ जनवरी २०२६ मा नागढुंगा सुरुङमार्ग व्यावसायिक सञ्चालन गर्ने घोषणा गरेको भए पनि मिति अनिश्चित बनेको छ।
  • सडक विभागका महानिर्देशक डा. विजय जैसीले सुरुङमार्गको धादिङतर्फ प्रवेशद्वारमा ठूलो पहिरो भएकाले स्थायी समाधान आवश्यक भएको बताए।
  • सुरुङमार्ग सञ्चालनका लागि कम्पनी छनोटमा ढिलाइ र टोल प्लाजा निर्माणमा समय लाग्दा व्यावसायिक सञ्चालनमा बाधा पुगेको छ।

२० पुस, काठमाडौं । सरकारले १ जनवरी २०२६ मै व्यावसायिक  सञ्चालनमा ल्याउने घोषणा गरेको नागढुंगा सुरुङमार्ग सञ्चालन मिति फेरि अनिश्चित बनेको छ ।

एकातर्फ सुरुङ सञ्चालन गर्ने कम्पनी छनोटमा भएको ढिलाइ र अर्कातर्फ टोल प्लाजा निर्माणमा समय लाग्दा सुरुङमार्ग सञ्चालन मिति अनिश्चित बनेको हो ।

सडक विभागका महानिर्देशक डा. विजय जैसी भन्छन्, ‘सबै काम प्रक्रियामा छन्, तर ठ्याक्कै यसै मितिदेखि सुरुङमार्ग व्यावसायिक सञ्चालन हुन्छ भन्ने सकिने अवस्था रहेन ।’

उनका अनुसार सुरुङमार्गको धादिङतर्फको प्रवेशद्वारमै ठूलो पहिरो छ । त्यो पहिरो वर्षायाममा समेत नझर्ने गरी स्थायी समाधानको काम गर्नुपर्ने छ । त्यो काम गरिसकेपछि टोल प्लाजासमेत सोही स्थानमा बन्ने छ ।

प्लाजा नबनेसम्म सुरुङमार्ग हुँदै व्यावसायिक सवारी चल्न दिइने छैन । किनकि, यो सुरुङमार्ग प्रयोग गरेबापत प्रयोगकर्ताले शुल्क तिर्नुपर्छ । टोल प्लाजा निर्माणको काम काठमाडौंतर्फ समेत सकिएको छैन । ‘गाडी मात्र चलाउन अब समस्या छैन,’ उनी भन्छन्, ‘तर, सुरुङमार्गलाई व्यावसायिक सञ्चालन गर्न जारी प्रक्रिया पूरा हुनुपर्छ ।’

आयोजनाका अनुसार अहिले जमिन भासिएको स्थानमा दीर्घकालीन रोकथामको काम नगरे आगामी मनसुन वा ठूलो वर्षात् भएको दिन इन्ट्री/एक्जिटद्वारमा नै जोखिम हुने देखिएको छ ।

सरकारले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि जापान सरकारबाट थप ५ अर्ब ७० करोड जापानी येन बराबरको सहुलियतपूर्ण ऋण लिएर काम गर्दैछ ।

सञ्चालन/व्यवस्थापन गर्ने कम्पनी छनोट समेत अन्योलमा

यो सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको जिम्मा भने सडक विभागले सोही काममा विज्ञता हासिल गरेको कम्पनीलाई दिने तयारी गरेको छ । त्यसका लागि बोलपत्र आह्वान समेत भइसकेको छ ।

उक्त बोलपत्रको दोस्रो पटक म्याद थप भइसकेको छ । पछिल्लो समय ३० पुससम्म म्याद राखेर बोलपत्र आह्वान गरिएको छ । उता, सरकारले सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने शुल्कसमेत तोकिसकेको छ ।

यसको व्यवस्थापनको काम भने सडक बोर्डले गर्ने छ । यस्तो शुल्क परीक्षणको काम सम्पन्न भइसकेपछि र सर्वसाधारणको आवतजावत खुला भएपछि लागु हुनेछ ।

कस्तो बन्यो नागढुंगा सुरुङ ?

नागढुंगा–सिस्नेखोला सुरुङको कुल लम्बाइ २ हजा ६ सय ८८ मिटर छ । यो आयोजनामा २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । सुरुङ बाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपास समेत कुल १२ वटा थप संरचना बनेका छन् ।

सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग बनेको छ । सुरुङसम्म पहँुचमार्गका लागि फ्लाइओभर बनाइएको छ ।

अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । यो सुरुङमा मोटरसाइकल र अतिप्रज्ज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले अनुमति पाउने छैनन् । अन्य सवारीसाधन भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् ।

२४ वर्ष अगाडिको सपना

नेपालको आग्रहमा जापानी सहयोग नियोग (जाइका) ले सन् २००१ (२०५८ साल) मा काठमाडौं–नौबिसे सडक विस्तारको सम्भाव्यता अध्ययन गरेको थियो ।

जाइकाले यो सडकलाई चार लेनमा विस्तार गर्न सम्भव नभएको भन्दै वैकल्पिक सडक बनाउन सुझाव दिएको थियो । त्यसपछिको १० वर्षसम्म यो सडक विस्तार वा विकल्प केमा जाने भन्नेबारे सरकारले कुनै निर्णय गरेन ।

सन् २०११ (२०६८ साल) मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वको सरकारले नागढुंगामा सुरुङ बनाउने निर्णय गर्‍यो ।

default

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले पेस गरेको आर्थिक वर्ष २०६८/६९ को बजेटमा नागढुंगा सुरुङ बनाउन बजेट नै विनियोजन भएको थियो । सरकारले सुरुङ बनाउने भनी निर्णय गरेको २ वर्ष पछि २०७० सालमा सडक विभागले प्रारम्भिक अध्ययन प्रतिवेदन बनायो । त्यसपछि सुरुङमार्ग निर्माणका लागि चाहिने प्रारम्भिक कामले गति लिएका थिए ।

२०७३ सालमा जापानका परराष्ट्रमन्त्री नोबुओ किशोको नेपाल भ्रमणका बेला सुरुङमार्गका लागि नेपाललाई सहुलियतपूर्ण ऋण दिने घोषणा जापानले गरेको थियो । त्यो भ्रमण नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठका अवसरमा भएको थियोे ।

१६ डिसेम्बर २०१६ मा अर्थ मन्त्रालयमा नेपाल र जापानका अधिकारीबीच ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार १६ अर्ब ३६ करोड ६० लाख जापानी येन जापान सरकारले नेपाललाई उपलब्ध गराउने र बाँकी लागत नेपाल सरकारले बेहोर्ने सहमति भएको थियो ।

सुरुङमार्ग र पहुँचमार्ग समेत यो आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ हाराहारीे हो । जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेसनसँग २३ सेप्टेम्बर २०१९ मा खरिद सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ अक्टोबर २०१९ मा शिलान्यास गरेको यो आयोजनाको कामको थालनी भने १४ नोभेम्बर २०१९ देखि भएको थियो । यो सुरुङ आयोजनाको सञ्चालन आयु ३० वर्षको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More