― Advertisement ―

‘यदि कसैले तपाईंको एआईको मेमोरीमा निर्देशनहरू वा नकली तथ्यहरू इन्जेक्ट गर्न सक्छ भने, तिनीहरूले तपाईंको भविष्यको अन्तरक्रियामा निरन्तर प्रभाव पाउँछन्’: माइक्रोसफ्टले चेतावनी दिन्छ कि...

माइक्रोसफ्टले नयाँ ट्याक्टिकको चेतावनी दिन्छ। आक्रमणकारीहरूले AI मेमोरीमा लुकेका निर्देशनहरू खरिद गर्ने सल्लाहलाई टाँस्छन्वास्तविक-विश्व प्रयासहरू पत्ता लगाइयो; सम्झौता गरिएका AI सिफारिसहरूमा आधारित महँगो निर्णयहरू...
HomeLatest newsएमालेमा बाँके १ र ३ को उम्मेदवार सिफारिस सच्याउन आकांक्षीहरूको मागे

एमालेमा बाँके १ र ३ को उम्मेदवार सिफारिस सच्याउन आकांक्षीहरूको मागे



२० पुस, बुटवल । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेले गरेको सिफारिसप्रति असहमति जनाउँदै उम्मेदवारका आकांक्षी नेताहरुले निर्णय सच्याउन माग गरेका छन् ।

बाँके ३ बाट दलबहादुर सुनार एकल सिफारिस भएका थिए । अन्य आकांक्षीहरूले भने उम्मेदवार छनोट कार्यविधि र अन्तर पार्टी निर्देशनको उल्लंघन भएको जनाउँदै निर्णय सच्याउन पार्टीको माथिल्लो कमिटीसँग माग गरेका हुन् ।

उनीहरूले एमाले जिल्ला कमिटीलाई निवेदन गर्दै दाबेदारहरूसँग मौखिक वा लिखित सहमति नलिई विधि विपरित क्षेत्रीय समन्वय समितिले एकल उम्मेदवारको नाम सिफारिस गरेको आरोप लगाएका छन् ।

क्षेत्रीय समन्वय समितिको निर्णयले दाबेदारहरुको अधिकार हनन् भएको जनाउँदै दाबेदारहरुले विधि विपरित सिफारिस गर्ने कमिटीमाथि कारवाही गर्न माग गरेका छन् ।

उम्मेदवार सिफारिसको निर्णय सच्याउन  माग गर्नेहरुमा बाँके जिल्ला कमिटीका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, चन्द्रबहादुर चौधरी, भक्तबहादुर केसी, अब्दुल करिम खान, लालबहादुर खत्री, पदमबहादुर धिताल र इ विवेक लामिछाने रहेका छन् ।

उनीहरुले एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्यहरु शान्ति ढकाल, सुर्य ढकाल, हारुन कादरी र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेललाई बोधार्थ समेत दिएका छन् ।

पूर्व जिल्ला अध्यक्ष कक्षपति अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार हुन् भने अहिले सिफारिस भएका दरबहादुर सुनार अघिल्लो निर्वाचनमा एमालेका बिद्रोही उम्मेदवार हुन् ।

उता बाँके क्षेत्र नम्बर १ मा पनि केन्द्रीय सदस्य सुर्य ढकालको एकल सिफारिस भएपछि नरैनापुर गाउँ कमिटीले क्षेत्रीय समन्वय समितिको बैठक बहिस्ष् ार गर्दै सिफारिस सच्याउन माग गरेको छ ।

एमाले बाँकेमा महाधिवेशन प्रतिनिधि चयन देखि नै ओली समूहभित्रै दुईवटा गुट सक्रिय रहँदै आएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More