― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest news‘युट्युब चार्ट्स’ को शीर्ष ३ मा शिरमा शिरबन्दी, झलिको, न्याउली बनैमा

‘युट्युब चार्ट्स’ को शीर्ष ३ मा शिरमा शिरबन्दी, झलिको, न्याउली बनैमा


राष्ट्रिय

समाचार.

  • सन् २०२५ डिसेम्बरमा युट्युब चार्ट्सको शीर्ष स्थानमा सुवास खत्री र समीक्षा अधिकारीको गीत ‘शिरमा शिरबन्दी’ छ।
  • अर्जुन सापकोटाको ‘झलिको’ दोस्रो स्थानमा छ र यो गीतलाई झण्डै १ करोड ९० लाख पटक हेरिएको छ।
  • फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली बनैमा’ युट्युब चार्ट्सको तेस्रो स्थानमा छ।

काठमाडौँ । युट्युबले ट्रेन्डिङ हटाएको वर्षदिन हुन लागिसक्यो । ट्रेन्डिङको विकल्पको रुपमा ‘युट्युब चार्ट्स’ प्रयोग हुँदै आएको छ । यस्तोमा, सन् २०२५ को अन्तिम महिना डिसेम्बरमा कुन-कुन गीतले युट्युब चार्ट्समा स्थान बनाए ?

पछिल्लो महिनाहरूमा टिकटकदेखि रिल्ससम्म चर्चामा रहेका केही नेपाली गीतले युट्युब चार्ट्सको शीर्ष ३ मा स्थान बनाएका छन् । तीमध्ये पहिलो स्थानमा छ- सुवास खत्री र समीक्षा अधिकारीद्वारा संगीतबद्ध गीत ‘शिरमा शिरबन्दी’ ।

अहिलेसम्म १ करोड १३ लाखभन्दा धेरै पटक हेरिएको यो गीत अहिले निकै चर्चामा छ । लोकभाखामा सजिएको यो गीत विशिष्ट कम्पोज र गायनशैलीले धेरैको ओठमा झुन्डिएको छ ।

दोस्रो स्थानमा छ अर्जुन सापकोटाको ‘झलिको’ । सापकोटाको संगीत रहेको यो गीतमा उनीसहित मेलिना राई र समीक्षाको पनि स्वर समावेश छ । दुई महिनाअघि रिलिज भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चा पाउनेमध्ये एक हो । यो गीतमाथि हजारौं रिल्स र टिकटक भिडियो बनेका छन् ।

लोकशैलीमा बुनिएको ‘झलिको’ लाई झण्डै १ करोड ९० लाख पटक हेरिएको छ ।

युट्युब चार्ट्समा सूचीको तेस्रो स्थानमा फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश गीत ‘न्याउली बनैमा’ छ । प्रशान्त शिवाकोटीद्वारा संगीतबद्ध गीतमा उनीसहित शान्तिश्री परियारको स्वर समावेश छ ।

‘झरीपछिको इन्द्रेणी’ मा समावेश बालेनको गीत ‘आमनेपाली बुवा’ सूचीको छैटौं स्थानमा छ । पछिल्लो राजनीतिक घटनाक्रमको कारण यो गीतमाथि पनि प्रशस्तै रिल्स र टिकटक बनेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More