― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsचलचित्र क्षेत्रका प्राविधिकको नयाँ संस्था गठन, ‘अडियो भिडियो सोसाइटी’ घोषणा

चलचित्र क्षेत्रका प्राविधिकको नयाँ संस्था गठन, ‘अडियो भिडियो सोसाइटी’ घोषणा


राष्ट्रिय

समाचार.

  • विपिन स्थापितको नेतृत्वमा ‘अडियो भिडियो सोसाइटी अफ नेपाल’ नामक नयाँ चलचित्र प्राविधिक संस्था गठन भएको छ।
  • संस्थाले अडियो, भिडियो, डिजिटल प्रविधि र सिर्जनात्मक प्रयोगलाई अघि बढाउँदै नेपाली चलचित्र उद्योगलाई प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ।
  • चलचित्र विकास बोर्डमा आयोजित समारोहमा १२ वटा संघ-संस्थाका प्रतिनिधि सहभागी भएका थिए र बोर्ड अध्यक्ष दिनेश डीसीले स्वदेशी चलचित्रलाई विश्व बजारसम्म पुर्‍याउने महत्व बताउनुभयो।

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा नयाँ संस्था थपिएको छ । विपिन स्थापितको नेतृत्वमा चलचित्र प्राविधिकहरूको नयाँ संस्था ‘अडियो भिडियो सोसाइटी अफ नेपाल’ गठन भएको छ ।

उपाध्यक्षमा बनिशविक्रम शाह, महासचिवमा मणिरत्न त्रिपाठी, सचिवमा रोमी तन्डुकार, कोषाध्यक्षमा डिकेश शाही, सदस्यहरूमा संजीव रत्न शाक्य, निरिक्षा घतानी, उषा कार्की र अमित श्रेष्ठ छन् ।

शनिबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संस्थाको औपचारिक घोषणा गरियो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित १२ वटा संघ-संस्थाका प्रतिनिधिको उपस्थिती थियो ।

नयाँ संस्थाले अडियो, भिडियो, डिजिटल प्रविधि, नवीन सोच र सिर्जनात्मक प्रयोगलाई संस्थागत रूपमा अघि बढाउँदै नेपाली चलचित्र तथा दृश्य-श्रव्य उद्योगलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउने उद्देश्य राखेको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसीले अत्याधुनिक प्रविधि र गुणस्तरमा आधारित निर्माण प्रक्रियामार्फत स्वदेशी चलचित्रलाई विश्व बजारसम्म स्थापित गर्न सकिने बताए । चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई प्रविधि, सिर्जनशीलता र व्यावसायिकताको संयोजनबाट अघि बढ्ने उद्योग भएको उनले बताए ।

कार्यक्रममा उदय सुब्बा (नेपाल चलचित्र निर्माता संघका अध्यक्ष), गोपालकाजी कायस्थ (नेपाल चलचित्र संघका उपाध्यक्ष), राजभाई सुवाल (मानवरहित विमान ड्रोन संघ अध्यक्ष) पनि आ-आफ्नो धारणा राखे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More