― Advertisement ―

यो एआई प्रणालीले कामदारहरूले आफ्नो जागिर छोड्ने निर्णय गर्नु अघि नै NHS राजीनामाहरू देख्न सक्छ

एआई ढाँचा र कर्मचारी कार्यबल पूर्वनिर्धारित उपकरण प्रयोग गरेर राजीनामा डाटाRoyal Berkshire NHS ले अभिनव कर्मचारी रिटेन्सन टेक्नोलोजीको लागि पुरस्कार जित्योनयाँ मोडेलले निर्णयहरू हुनु...
HomeLatest newsउच्च पदस्थलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ

उच्च पदस्थलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ



१९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेका हुन् ।

फिलिपिन्सको ब्युरो अफ इमिग्रेशन (बीआई) ले उनलाई नियन्त्रणमा लिइएको विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट जारी डिफ्युजन जारी भएको थियो । नेपाल प्रहरीको समेत अनुरोधपछि पाठकलाई नियन्त्रणमा लिइएको फिलिपिन्सको इमिग्रेशनले विज्ञप्तिमार्फत जनाएको छ ।

पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी इमिग्रेशनले गराएको छ । उनीमाथि निष्कासन (डिपोर्टेसन) प्रक्रिया सुरु गरिएको पनि बताइएको छ ।

पत्र र भिडियो सन्देशमार्फत उच्च पदस्थमाथि धम्की दिएको खुलेपछि प्रहरीले पाठकमाथि अनुसन्धान अघि बढाएको थियो ।

पाठक भने यसअघि चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस (क्रिमिलन रेकर्ड सिस्टम) जाँच गर्दा चार वटा कसुरमा मुद्दा चलेको खुलेको थियो ।

पाठकमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर) देखि ठगी तथा आपराधकि विश्वास, आपराधिक लाभसम्मको मुद्दा चलेको भेटिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More