― Advertisement ―

बहुविध उपकरणहरूले 2030 सम्ममा शक्तिशाली वितरित एआई क्षमता प्रदान गर्न सक्नेछन्

एआई TO01 द्वारा संयोजन गरिएको यन्त्र, ex01 द्वारा संयोजन गर्न सकिन्छ दशकको अन्त्यस्मार्टफोनहरू, पहिरन योग्यहरू, र इयरबडहरू मुख्य वितरित एआई प्रोसेसर बनिरहेका छन्औसत प्रयोगकर्ताहरूले...
HomeLatest newsकुडल, रुकु, कशिश र अजय सेमिफाइनलमा – KhabarHost

कुडल, रुकु, कशिश र अजय सेमिफाइनलमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • बुटवलमा जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनलमा कुडल श्रेष्ठ, रुकु खान, कशिश क्षेत्री र अजय सुनार प्रवेश गरेका छन्।
  • प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् र खेल पुस २१ गतेसम्म चल्नेछ।
  • विजेताले एक लाख, उपविजेताले ५० हजार र उच्च स्कोररले २० हजार पुरस्कार पाउने संघका अध्यक्ष सुजन पुनले जानकारी दिनुभयो।

१९ पुस, बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ सेभेनका आधारमा भएका खेलमा विजयी हुँदै कुडल श्रेष्ठ, रुकु खान, कशिश क्षेत्री र अजय सुनार सेमिफाइनल प्रवेश गरेका हुन् ।

नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

शनिबारका खेलमा आदर्श भण्डारीलाई ४–२ अंकले पछि पार्दै कुडल अन्तिम ४ जनामा सुरक्षित भएका हुन् । यस्तै सौरभ श्रेष्ठलाई ४–३ अंकले पछि पार्दै रुकुले सेमिफाइनलमा स्थान पक्का गरे ।

शनिबारै भएको अर्को खेलमा रोहितमान जोशीलाई ४–२ अंकले पराजित गर्दै कशिश र रेशम रानालाई ४–१ अंकले पछि पार्दै अजय सेमिफाइनल प्रवेश गरेका खेल संयोजक विजय गुरुङले जानकारी दिए ।

पुस २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा उच्च स्कोररले २० हजार, उदीयमान खेलाडी र अनुशासित खेलाडीले ५/५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More