― Advertisement ―

वैज्ञानिकहरूले क्वान्टम कम्प्युटरमा पूर्ण जीनोम लोड गर्छन्, वास्तविकताको नजिक छिटो डीएनए विश्लेषण गर्दै

Dometite कोडमा पूरा गर्नुहोस् अवधारणाको प्रमाण माइलस्टोनअनुसन्धानकर्ताहरूले जटिल मानव प्यान्जेनोम विश्लेषण कार्यहरूको लागि भविष्यमा 100x स्पीडअपहरू लक्षित गर्छन्वैज्ञानिकहरूले सावधानीपूर्वक व्यावहारिक क्वान्टम जीनोमिक्स अझै पनि...
HomeLatest newsकम्तीमा दुईवटा टेस्ट राष्ट्रसँग नेपालमै शृंखला खेल्ने लक्ष्य – KhabarHost

कम्तीमा दुईवटा टेस्ट राष्ट्रसँग नेपालमै शृंखला खेल्ने लक्ष्य – KhabarHost


पुरुष सिनियर क्रिकेट टोलीलाई भने टेस्ट राष्ट्रसँग धेरैभन्दा धेरै खेलहरू गराइने किसिमले क्यानले क्यालेन्डर तयार गरेको छ ।

राष्ट्रिय

समाचार.

  • नेपाल क्रिकेट संघले २०२६ को वार्षिक क्यालेन्डरमा पुरुष क्रिकेटका लागि टेस्ट राष्ट्रसँग नेपालमै खेल खेलाउने लक्ष्य राखेको छ।
  • फेब्रुअरीमा पुरुष टोलीले टी-२० विश्वकप खेल्ने र मार्चमा घरेलु मैदानमा लिग २ शृंखला आयोजना गर्ने तयारी छ।
  • विद्यालय तहदेखि राष्ट्रिय स्तरसम्म क्रिकेट प्रतियोगिता आयोजना गरी खेलाडी तयार गर्ने योजना क्यानले बनाएको छ।

१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको सन् २०२६ को वार्षिक क्यालेन्डरमा पुरुषतर्फ विगतकै सरह प्रतियोगिताहरू समावेश छन् । पहिलेभन्दा नयाँ कार्यक्रमहरू समावेश गरिएको छैन ।

विशेषगरी पुरुषको सिनियर क्रिकेट टोलीलाई भने टेस्ट राष्ट्रसँग धेरैभन्दा धेरै खेलहरू गराइने किसिमले क्यालेन्डर तयार भएको छ । क्यानका सचिव पारस खड्काले टेस्ट राष्ट्रसँग नेपालमै खेल खेलाइने मुख्य लक्ष्य रहेको बताएका छन् ।

‘नेपाल टेस्ट राष्ट्रसँग खेल्छ वा खेल्दैन भन्ने धेरेको चासो छ । वर्षा सुरु हुनुभन्दा अगाडि कम्तीमा २ वटा टेस्ट राष्ट्रलाई नेपालमै बोलाएर खेल्नका लागि प्रयत्न गरेका छौं’ खड्काले भनेका छन् । उनका अनुसार वर्षायामको समयमा अवे सिरिजमा बढी ध्यान दिइएको छ ।

यही वर्ष फेब्रुअरीमा पुरुष टोलीले टी-२० विश्वकप खेल्दै छ । हाललाई विश्वकपअघि भने कुनै शृंखलाहरू तय गरिएका छैनन् । नेपालले महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएकाले संरचनागत हिसाबले हाल नेपालमै अन्य टोलीलाई बोलाएर शृंखला गर्ने कार्यक्रम नरहेको सचिव खड्काले बताए ।

नेपाली सिनियर टोलीले त्यसपछि मार्च महिनामा घरेलु मैदानमै लिग २ शृंखला खेल्दैछ । उक्त शृंखलाभन्दा अगाडि वा पछाडि टेस्ट राष्ट्रसँग ५० ओभरको द्विपक्षीय शृंखला राख्ने लक्ष्य भएको सचिव खड्काले बताएका छन् ।

गतवर्ष टी-२० विश्वकप छनोट खेल्ने भएकाले पनि विश्वकपलाई नै केन्द्रमा राखेर क्यालेन्डर तयार भएको थियो । यसपटक भने एकदिवसीय शृंखलालाई पनि प्राथमिकतामा राखिएको छ ।

त्यसपछि अप्रिल महिनामा नेपालको ‘ए’ टोलीले शृंखला खेल्ने उल्लेख छ । ए टिमको विकासमा पनि विभिन्न योजनाहरू राखेको क्यान सचिव खड्काले बताएका छन् ।

‘ए टिमलाई अझै धेरै संलग्न गराउने लक्ष्य छ । नेपाल ए को टोलीमा पनि लगानी गरेका छौं । घरेलु क्रिकेटमा गरेको लगानी व्यवस्थित गराउनको लागि अनि अन्तर्राष्ट्रिय टिमलाई बलियो बनाउनका लागि निरन्तर क्रिकेट गतिविधि राख्ने र वर्षभरि खेलाडीहरूलाई संलग्न गराउने लक्ष्य छ’ खड्काले भनेाक छन्, ‘सिनियर टिमसँग खेल्न विभिन्न टिमहरू नेपाल आउँदा त्यस सिरिजमा ए टिमका खेलाडीहरूले पनि मौका पाउनेछन् र एक्सपोजर बटुल्ने छन् । त्यसले सिनियर टिम निर्माणमा अझ स्पष्ट आधार बन्नेछ।’

मे महिनामा नेपालले बाहिर गएर लिग २ शृंखला खेल्ने छ । उक्त शृंखला सकिएपछि ३ टोलीबाहेक अर्को एक टेस्ट राष्ट्रसँग पनि टी-२०आई शृंखला खेल्ने हिसाबले प्रयत्न गरिरहेको बताइएको छ ।

जुनमा टेस्ट टिमसँग द्विपक्षीय शृंखला गर्ने लक्ष्य राखेको पनि सचिव खड्काले जानकारी दिएका छन् । क्यालेन्डरमा जुन १ देखि १५ सम्मलाई उक्त शृंखलाको समय छुट्याइएको छ ।

जुन जुलाई अगस्टमा वर्षाको समय भएको भएर अवे सिरिजमा फोकस गरिएको छ । अगस्टमा एसीसी प्रिमियर कप प्रस्तावित छ भने कुवेतसँग भएको सम्झौताअनुरुप द्विपक्षीय शृंखला खेलिनेछ ।

यस्तै गतवर्ष पहिलोपटक सहभागिता जनाएको अस्ट्रेलियन टप एन्ड टी-२० सिरिजमा नेपाल यसपटक पनि सहभागी हुने उल्लेख छ । ‘टप एन्डमा सहभागी भएपछि सबैतिरबाट सकारात्मक टिप्पणीहरू आएकाले त्यसलाई निरन्तरता दिएका छौं’ सचिव खड्काले भनेका छन् ।

यस्तै सेप्टेम्बरमा नेपालबाहिर गएर द्विपक्षीय शृंखला खेल्ने तय छ । यसअघि नेपालले वेस्ट इन्डिजसँग द्विपक्षीय शृंखला खेलेको थियो । ‘सेप्टेम्बरमा बाइल्याटरल सिरिजका लागि पहल गरिरहेका छौं । आधिकारिक भएपछि जानकारी गराउनेछौं’ सचिव खड्काले बताए ।

अक्टोबरमा नेपालमै लिग २ सिरिज हुनेछ । त्यसपछि एनपीएल हुनेछ भने डिसेम्बरमा अन्तर्राष्ट्रिय शृंखला हुने तय छ ।

घरेलु क्रिकेट : पीएम कप र जय ट्रफी निरन्तर, एनपीएलको मिति अगाडि सारियो

पीएम कपको जिल्ला र प्रदेशअन्तर्गतका प्रतियोगिता जनवरीदेखि फेब्रुअरी महिनासम्म चल्नेछ । राष्ट्रिय प्रतियोगिता भने मार्चदेखि अप्रिलसम्म हुनेछ ।

गत वर्षदेखि नाम परिवर्तन गरेर भएको जय ट्रफी दुई-दिवसीय क्रिकेट प्रतियोगिता यसपटक फेब्रुअरीमा हुनेछ । पीएम कप २०८२ मा शीर्ष चारमा रहने टोलीले सहभागिता जनाउने छन् ।

यस्तै चर्चित फ्रेन्चाइज क्रिकेट लिग एनपीएलको तेस्रो संस्करण यसपटक अक्टोबरमै हुनेछ । पहिलो दुई संस्करण नोभेम्बर-डिसेम्बरमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हुने समय यसपटक भने अगाडि सारिएको हो ।

यसपटक अक्टोबरमा हुने लिग २ शृंखला लगत्तै एनपीएल हुनेछ । ‘दशैंको बेलामा लिग २ को शृंखला सकिन्छ । सम्भवत: त्यसलगत्तै एनपीएलको तेस्रो सिजन हामी गर्नेछौं’ सचिव खड्काले भनेका छन् ।

जुनमा नेशनल टी-२० च्याम्पियनसिप हुने तय छ । यो गतवर्ष पनि क्यालेन्डरमा समावेश भएको कार्यक्रम हो तर हुन भने सकेन ।

विद्यालय तहदेखि खेलाडी तयार गर्ने योजना

गत वर्ष आयोजना भएको नेशनल स्कूल च्याम्पियनसिप यस वर्ष पनि निरन्तरता दिइएको छ । क्यालेन्डर अनुसार फेब्रुअरी महिनादेखि जिल्लामा स्कूल च्याम्पियनसिप हुनेछ भने मार्चमा प्रदेश अनि मे महिनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुनेछ ।

यहाँबाट खेलेका उत्कृष्ट खेलाडीलाई इस्ट जोन कपका लागि तयारी गर्ने लक्ष्य रहेको सचिव खड्काको भनाइ छ । ‘स्कूल लेभलदेखि नै खेलाडी तयार गरेर एसीसी यू-१६ इस्ट जोन कपका लागि राम्रो टिम निर्माण गर्ने लक्ष्य छ ।

यस्तै अप्रिलमा यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि हुने क्यालेन्डरमा उल्लेख छ । त्यस्तै क्यान युथ कप पनि आयोजना हुने उल्लेख छ ।





Read More