― Advertisement ―

वैज्ञानिकहरूले क्वान्टम कम्प्युटरमा पूर्ण जीनोम लोड गर्छन्, वास्तविकताको नजिक छिटो डीएनए विश्लेषण गर्दै

Dometite कोडमा पूरा गर्नुहोस् अवधारणाको प्रमाण माइलस्टोनअनुसन्धानकर्ताहरूले जटिल मानव प्यान्जेनोम विश्लेषण कार्यहरूको लागि भविष्यमा 100x स्पीडअपहरू लक्षित गर्छन्वैज्ञानिकहरूले सावधानीपूर्वक व्यावहारिक क्वान्टम जीनोमिक्स अझै पनि...
HomeLatest newsयोगेशसहित ताप्लेजुङबाट पाँच जनाको नाम सिफारिस – KhabarHost

योगेशसहित ताप्लेजुङबाट पाँच जनाको नाम सिफारिस – KhabarHost



१९ पुस, ताप्लेजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

आज बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा संघका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेवे तथा कोशी प्रदेशका पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य टंक आङ्बोहाङको नाम सिफारिस गरेको हो ।

यस्तै, फुङ्लिङ नगरपालिका उपप्रमुख एवं जिल्ला कमिटी उपसचिव भिमादेवी ओझाको नाम पनि सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष दिपेन पोमुले जानकारी दिए ।

उपमहासचिव भट्टराई २०७४ र २०७९ सालको निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More